कीवर्डहरू -

काठमाडौँ विश्वविद्यालयमा एलयूपिआईसी मोडेलमा रहेको क्लासरुम र ल्याबको उद्घाटन

काठमाडौँ विश्वविद्यालयमा एलयूपिआईसी मोडेलमा रहेको क्लासरुम र ल्याबको उद्घाटन

काठमाडौँ विश्वविद्यालयमा एलयूपिआईसी मोडेलमा रहेको क्लासरुम र ल्याब उद्घाटन गरिएको छ । यो मोडेल क्लासरुम लिडिङ यूनिभर्सिटी प्रोजेक्ट फर इन्टरनेसनल कोअपरेसन (एलयूपिआईसी) अन्तर्गत स्थापना गरिएको हो ।

काठमाडौँ विश्वविद्यालयले प्रोजेक्टको रुपमा यो क्लासरुम र ल्याब स्थापना गरेको हो । यसका लागि विश्वविद्यालयले चिन्जु न्यासनल युनिभर्सिटी अफ एजुकेसनसँग सहकार्य गरेको थियो र आर्थिक सहयोग नेसनल रिसर्च फाउण्डेसन, दक्षिण कोरियाबाट आएको हो ।

यो प्रोजेक्टले विश्वविद्यालयको शैक्षिक स्तर वृद्धि गर्ने लक्ष्य राखेको छ । विशेषगरी महिलाको शैक्षिक अवसर वृद्धि गर्न यस प्रोजेक्ट मार्फत विश्वविद्यालयले काम गर्न खोजिरहेको छ ।

यस प्रोजेक्ट अन्तर्गत पाठ्यक्रम तथा टेक्स्टबुकको विकास गर्नु पनि रहेको छ । यो एलयूपिआईसी मोडेलमा रहेको क्लासरूम र ल्याबले विद्यार्थीहरुका लागि शिक्षा सहयोग केन्द्रको रुपमा पनि मद्दत गर्ने विश्वविद्यालयको विश्वास रहेको छ ।