कीवर्डहरू -

आईओएस १६.०.३ अपडेट सार्वजनिक, आईफोन १४ मा देखिएका बग समाधान

आईओएस १६.०.३ अपडेट सार्वजनिक, आईफोन १४ मा देखिएका बग समाधान

आईफोनमा आईओएस १६.०.३ सार्वजनिक भएको छ । यसमा कम्पनीले विभिन्न बगहरु पनि समाधान गरेको छ । यसले विशेषगरी आईफोन १४ को मोडेलहरुमा रहेको बगहरुलाई समाधान गरेको जनाइएको छ ।

यसले केही आईफोन १४ मोडेलहरुमा भएको क्यामेराको समस्यालाई पनि ठिक गरेको छ । यो अपडेट डाउनलोड गर्न सर्वप्रथम सेटिंग खोल्नुपर्छ ।

त्यसपछि जनरलमा गएर सफ्टवेयर अपडेटमा क्लिक गर्नुपर्छ । यति गरेर डाउनलोड थिचेर नयाँ अपडेट इन्स्टल गर्नुपर्ने हुन्छ ।