कीवर्डहरू -

सनवे कलेजमा हल्ट प्राइज आयोजना हुँदै

सनवे कलेजमा हल्ट प्राइज आयोजना हुँदै

सनवे कलेजमा पनि हल्ट प्राइज आयोजना हुने भएको छ । विद्यार्थीहरूको नोबेल प्राइज भनेर चिनेन हल्ट प्राइज सनवे कलजेमा आयोजना हुने भएको हो ।

अन क्याम्पस इभेन्टको रूपमा सनवे कलेज काठमाडौंमा हल्ट प्राइज आयोजना हुन लागेको हल्ट प्राइजका कलेज निर्देशक उदित कुमार महत्तो बताए ।

हल्ट प्राइज एक वर्षसम्म सञ्चालन हुने एउटा लोकप्रिय प्रतियोगिता हो । यस कार्यक्रममा विजेताले दश लाख डलर पुरस्कार पाउने छन् ।

यसमा संयुक्त राष्ट्र संघको दिगो विकास कार्यक्रमलाई सघाउ पुग्ने गरी  देखिएका चुनौतीहरूलाई समाधान गर्न विद्यार्थीहरूले आईडिया प्रस्तुत गर्छन् र विश्वभरका मध्येबाट उत्कृष्ट आईडियालाई पुरस्कार प्रदान गरिने छ ।