कीवर्डहरू -

प्रेसिडेन्सियल बिजनेस स्कूल एक्सीलेन्स एजुकेशन र इमर्जिंग आईटी कलेज अर्वाडबाट सम्मानित

प्रेसिडेन्सियल बिजनेस स्कूल एक्सीलेन्स एजुकेशन र इमर्जिंग आईटी कलेज अर्वाडबाट सम्मानित

प्रेसिडेन्सियल बिजनेस स्कूलले ‘एक्सीलेंस एजुकेशन अवार्ड’ र ‘इमर्जिंग आईटी कलेज अफ द ईयर २०२२’ अवार्ड पाएको छ ।

संयुक्त अरब एमिरेट्स दुबईमा आयोजना भएको एक कार्यक्रममा अंग्रेजी मासिक पत्रिका कलेज रिडर्सले उक्त २ वटा अवार्ड प्रदान गरेको हो ।

सो कार्यक्रममा नेपाललाई ५० वटा अवार्ड वितरण गरिएको थियो । नेपालभरका विभिन्न विद्यालय, क्याम्पस, तथा शैक्षिक प्रतिष्ठानहरुलाई ३४ विद्यामा र १६ जना व्यक्तिहरुलाई अवार्ड वितरण गरिएको थियो ।

प्रेसिडेन्सियल बिजनेस सन् २०११ देखि नेपालमा गुणस्तरीय आईटी शिक्षा प्रदान गर्दै आएको छ । यस स्कुल अमेरिकाको वेस्टक्लिफ विश्वविद्यालयसँग आवद्ध रहेको छ ।