कीवर्डहरू -

केमेष्ट्री शिक्षकका लागि भोलिदेखि २ दिने वर्कशप हुँदै, ९ वटा एक्सपेरिमेन्ट सिकाइने

केमेष्ट्री शिक्षकका लागि भोलिदेखि २ दिने वर्कशप हुँदै, ९ वटा एक्सपेरिमेन्ट सिकाइने

नेपाल पोलिमर ईन्स्टिच्युटले आयोजना गरेको ‘स्माल स्केल केमिस्ट्री वर्कशप फर केमिस्ट्री टिचर्स इन नेपाल’ विषयक वर्कशप बुधबारदेखि सुरू हुने भएको छ

इन्टरनेसनल इन्स्टिच्युट अफ प्योर एण्ड अप्लाइड केमेन्ट्री (आईयुपीएसी), बैंकक बैंक, केमिकल सोसाइटी अफ थाइल्याण्ड, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र साइन्स टिचर एशोसिएसन नेपालसँगको सहकार्यमा उक्त वर्कशप आयोजना हुने भएको हो ।

बुधबार र शुक्रबार चल्ने उक्त वर्कशप बुधबार बिहान उद्धाटन हुनेछ । उक्त कार्यक्रममा नेपाल पोलिमर इन्स्टिच्युटका अध्यक्ष प्रा. रामेश्वर अधिकारी, केमिकल सोसाइटी अफ थाइल्याण्डको स्माल स्केल केमेष्ट्री सेन्टरका निर्देशक प्रा. सुपवान तान्तायानोन, केमिकल सोसाइटी अफ थाइल्याण्डका अध्यक्ष प्रा. विधिचाइ पारासुकको उपस्थिति हुनेछ ।

कार्यक्रममा साइन्स टिचर एसोसिएसन अफ नेपालका अध्यक्ष खिल प्रधान, आईयुपीएसीको कमिट अफ केमेस्ट्री एजुकेसनका अध्यक्ष मारीएजिइ पोजिटेट, बैंकक बैंकका चार्टसिरी सोफोनफोनिच, नास्टका उपलकुलपति सुनिल बाबु श्रेष्ठ, नेपालका लागि थाइल्याण्डका राजदुत भोसिता भारासफ् र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रतिनिधिको उपस्थिति रहने जनाइएको छ ।

वर्कशपको मिडिया पार्टनरको रूपमा आइसिटी समाचार डटकम रहेको छ । यस वर्कशपका लागि देशभरका १०० जना शिक्षक छनोट भएका छन् । छनोट भएका सरकारी विद्यालयका शिक्षकलाई केमस्ट्रीका ९ वटा एक्सपेरिमेन्ट गराइने छ ।

एक्सपेरिमेन्टका लागि बैंकक बैंकले सीएसआई अन्तर्गत निःशुल्क सामग्री उपलब्ध गराएको नेपाल पोलिमर सोसाइटीकी सचिव डा. ज्योती गिरीले जानकारी दिइन् ।

वर्कशपका लागि १३ जना प्रशिक्षक नेपाल आइपुगेका छन् । थाइल्याण्डबाट ११ जना, भारतबाट १ जना र मलेसियाबाट १ जना नेपाल आएका छन् ।

उक्त सामग्रीको प्रयोग गरेर सहभागी शिक्षकले परीक्षण गर्नेछन् । त्यसपछि शिक्षकले आफ्नो विद्यालयमा विद्यार्थीहरूलाई समेत सिकाउनु पर्नेछ । वर्कशपमा सहभागीलाई एक्सपेरिमेन्टका लागि किट पनि उपलब्ध गराइने छ, जुन विद्यालयमा लिएर राख्नुपर्नेछ ।

छनोट भएका शिक्षकले वर्कशप सुरू हुन अगाडि र वर्कशप सकिएपछि टेस्ट दिनुपर्नेछ, जसको आधारमा उत्कृष्ट १० शिक्षकको छनोट गरिने छ ।

छनोट भएका १० जना शिक्षकले थाइल्याण्ड गएर थप सिक्ने अवसर पाउने छन् । थाइल्याण्डबाट सिकेर आएका विद्यार्थीले फेरि नेपाल आएर अरू शिक्षकहरूलाई सिकाउनु पर्ने उनले बताइन् ।