कीवर्डहरू -

आवाजको गति भन्दा छिटो उड्न सक्ने नासाको एक्स ५९ सार्वजनिक

आवाजको गति भन्दा छिटो उड्न सक्ने नासाको एक्स ५९ सार्वजनिक

आवाजको गतिभन्दा छिटो उडने लकहिड मार्टिन एक्स ५९ सार्वजनिक भएको छ । नासाले विकास गरेको लकहिड मार्टिनको एक्स ५९ ले ४९ वर्षअघि अमेरिकामा लागेको उच्च आवाजको प्रतिबन्धलाई तोड्ने अनुमान गरिएको छ ।

एक्स ५९ हावामा सुपरसोनिक भन्दा पनि छिटो उड्छ । नासाको क्वेस्ट मिसन अन्तर्गत एक्स ५९ तयार पारेको हो ।

यसले सन् १९७३ मा अमेरिकामा लागेको प्रतिबन्धलाई हटाउन सक्छ । ४९ वर्ष अघि सुपरसोनिक फ्लाईटले एकदमै ठूलो आवाज निकालेको भन्दै प्रतिबन्ध लगाइएको थियो ।

त्यही आवाजको समस्यालाई एक्स ५९ ले समाधान गर्नेछ । पहिलो पटक सुपरसोनिक फ्लाईट अमेरिकाको क्यालिफोनिर्या मरुभूमिमा ७५ वर्ष अघि परीक्षण  गरिएको थियो ।

एक्स ५९ ले उच्च सोनिक बुम आवाज पनि उत्पादन गर्दैन् । यसले धेरै आवाज उत्पादन नगर्ने भएका कारण न्वाईज पोल्युसनलाई पनि नियन्त्रण गर्ने गर्दछ ।

सन् १९७३ मा सुपरसोनिक फ्लाईटलाई धेरै आवाज उत्पादन गर्ने भएकाले प्रतिबन्ध लगाइएको थियो तर अब एक्स ५९ ले गर्दा सुपरसोनिक फ्लाईट पुनः प्रयोगमा आउन सक्ने सम्भावना बढेको छ ।

यसका लागि एक्स ५९ लाई विभिन्न ठाउँमा उडाइने छ । मान्छेले कुनै दिक्कदार आवाज सुनेकी सुनेनन् भनेर सर्वेक्षण पनि हुनेछ । त्यसको परिणामलाई मूल्याँकन गरेर सुपरसोनिक एक्स ५९ लाई साधारण प्रयोगमा ल्याउन दिने की नल्याउन दिने भन्ने कुराको निर्धारण गरिने जनाइएको छ ।

यसले उडानको संसारमा नयाँ युग सुरु गर्न सक्ने छ । लामो हवाई दूरी पनि यसको प्रयोगले धेरै कम गर्न सकिने छ ।