कीवर्डहरू -

केमेष्ट्री शिक्षकका लागि आयोजना भएको २ दिने वर्कशप सुरू, ९ वटा एक्सपेरिमेन्ट सिकाइने

केमेष्ट्री शिक्षकका लागि आयोजना भएको २ दिने वर्कशप सुरू, ९ वटा एक्सपेरिमेन्ट सिकाइने

नेपाल पोलिमर ईन्स्टिच्युटले आयोजना गरेको ‘स्माल स्केल केमिस्ट्री वर्कशप फर केमिस्ट्री टिचर्स इन नेपाल’ विषयक वर्कशप बुधबारदेखि सुरू भएको छ । बुधबार र बिहिबार चल्ने वर्कशप नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) मा सुरू भएको हो ।

बुधबार बिहान नेपाल पोलिमर इन्स्टिच्युटका अध्यक्ष प्रा. रामेश्वर अधिकारीको सभापतित्व र स्वागत मन्तव्यबाट वर्कशपको उद्घाटन कार्यक्रम सुरू भएको थियो । उक्त उद्धाटन कार्यक्रममा प्रमुख अतिथिको रूपमा  नेपालका लागि थाइल्याण्डका राजदुत भोसिता भारासफ् र नास्टका उपलकुलपति डा. सुनिल बाबु श्रेष्ठको उपस्थिति रहेको थियो ।

त्यस्तै अतिथिको रूपमा पूर्व विज्ञान तथा प्रविधि मन्त्री ‍गणेश साह, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सह-सचिव इन्दु विक्रम जोशी,  केमिकल सोसाइटी अफ थाइल्याण्डका अध्यक्ष प्रा. विधिचाइ पारासुकको, केमिकल सोसाइटी अफ थाइल्याण्डको स्माल स्केल केमेष्ट्री सेन्टरका निर्देशक प्रा. सुपवान तान्तायानोन, साइन्स टिचर एसोसिएसन अफ नेपालका अध्यक्ष खिल प्रधान  लगायतको उपस्थिति थियो ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि नास्टका उपकुलपति श्रेष्ठले केमेस्ट्री पढाउने शिक्षकको क्षमता अभिवृद्धि गर्न वर्कशप महत्वपूर्ण भएको बताए । नास्टले विज्ञान शिक्षकको क्षमता अभिवृद्धि गर्न समय समयमा तालिमहरू आयोजना गर्ने गरेको समेत जानकारी दिए । कार्यक्रममा बोल्दै उनले विज्ञान कुटनीतिमार्फत विभिन्न काम गरेको उदाहरण दिदै विज्ञान कुटनीतिमा जोड दिए ।

त्यस्तै अर्का प्रमुख अतिथि नेपालका लागि थाइल्याण्डका राजदुत भोसिताले यस वर्कशपबाट नेपाल र थाइल्याण्डबीचको शैक्षिक सम्बन्ध अझै राम्रो हुने बताए ।  ‘नेपाल र थाइल्याण्डबीच ५३ वर्ष लामो कुटनीतिक सम्बन्ध छ,’ उनले भने, ‘थाइल्याण्डले तालिम, फ्लोसिप, छात्रवृत्ति लगायतबाट नेपालको मानविय क्षमता अभिवृद्धि गर्न काम गरिरहेको छ । दुई देशबीच शैक्षिक, सांस्कृतिक लगायतमा सहकार्य भइरहेको छ ।’

पोलिमर इन्स्टिच्युटले वर्कशपका लागि इन्टरनेसनल इन्स्टिच्युट अफ प्योर एण्ड अप्लाइड केमेन्ट्री (आईयुपीएसी), बैंकक बैंक, केमिकल सोसाइटी अफ थाइल्याण्ड, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र साइन्स टिचर एशोसिएसन नेपालसँगको सहकार्य गरेको छ ।

\"\"

माध्यमिक तहमा केमेस्ट्री अर्थात रसायणशास्त्र पढाउने शिक्षकहरूलाई वर्कशप सञ्चालन गरिएको हो । केमिकल सोसाइटी अफ थाइल्याण्डको स्माल स्केल केमेष्ट्री सेन्टरका निर्देशक प्रा. सुपवानले माध्यमिक विद्यालयमा परीक्षणबिना केमेस्ट्रीको गार्‍हो हुने भएकाले यस वर्कशप गरिएको जानकारी दिइन् ।

साइन्स टिचर्स एशोसिएसनका अध्यक्ष प्रधानले केमेस्ट्री वर्कशप फलदायी र अर्थपूर्ण हुने बताए । त्यसैगरी बैंकक बैंकका अध्यक्षले भिडियो सन्देशमार्फत वर्कशपलाई सफलताको शुभकामना दिएका थिए । वर्कशप माध्यमिक तहका शिक्षकका लागि प्रभावकारी सिकाइ हुने उनको भनाइ छ ।

त्यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सह सचिव जोशीले नेपालका माध्यमिक विद्यालयमा केमिकल ल्याब वृद्धि हुन नसकेको जानकारी दिदै वर्कशप महत्वपूर्ण भएको बताए ।

यस्तै आईयुपीएसको केमन्ट्री एजुकेसनकी अध्यक्षले भिडियो सन्देशमार्फत यस वर्कशपले शिक्षण प्रक्रियामा सकारात्मक प्रभाव पार्ने बताइन् ।

यस वर्कशपका लागि देशभरका करिब १०० जना शिक्षक छनोट भएर काठमाडौं आएका छन् । काठमाडौंमा उनीहरूको खाने र बस्ने व्यवस्था नेपाल पोलिमर इन्स्टिच्युटले गर्नेछ ।

छनोट भएका सरकारी विद्यालयका १०० शिक्षकलाई केमस्ट्रीका ९ वटा एक्सपेरिमेन्ट गराइने छ । वर्कशपको पहिलो दिन ३ वटा र दोस्रो दिन ६ वटा एक्सपेरिमेन्ट गराइने छ ।

वर्कशपको उद्घाटन शत्रको कार्यक्रम सञ्चालन नेपाल पोलिमर इन्स्टिच्युटकी सचिव डा. ज्योति गिरीले गरेकी थिइन् । अन्त्यमा उद्घाटन शत्रको समापन गर्दै पोलिमर इन्स्टिच्युटका अध्यक्ष अधिकारीले विद्यालय तहबाटै विद्यार्थीलाई केमेस्ट्री रिसर्चमा लाग्न प्रेरित गर्नुपर्ने बताए । उनले युवा वैज्ञानिकलाई प्रवर्द्धन गर्न संस्थाले काम सुरू गर्न लागेको समेत जानकारी दिए ।

\"\"

एक्सपेरिमेन्टका लागि बैंकक बैंकले सीएसआई अन्तर्गत निःशुल्क सामग्री उपलब्ध गराएको नेपाल पोलिमर सोसाइटीकी सचिव डा. ज्योती गिरीले जानकारी दिइन् ।

वर्कशपका लागि १३ जना प्रशिक्षक नेपाल आइपुगेका छन् । थाइल्याण्डबाट ११ जना, भारतबाट १ जना र मलेसियाबाट १ जना नेपाल आएका छन् ।

उक्त सामग्रीको प्रयोग गरेर सहभागी शिक्षकले परीक्षण गर्नेछन् । त्यसपछि शिक्षकले आफ्नो विद्यालयमा विद्यार्थीहरूलाई समेत सिकाउनु पर्नेछ । वर्कशपमा सहभागीलाई एक्सपेरिमेन्टका लागि किट पनि उपलब्ध गराइने छ, जुन विद्यालयमा लिएर राख्नुपर्नेछ ।

छनोट भएका शिक्षकले वर्कशप सुरू हुन अगाडि र वर्कशप सकिएपछि टेस्ट दिनुपर्नेछ, जसको आधारमा उत्कृष्ट १० शिक्षकको छनोट गरिने छ ।

छनोट भएका १० जना शिक्षकले थाइल्याण्ड गएर थप सिक्ने अवसर पाउने छन् । थाइल्याण्डबाट सिकेर आएका विद्यार्थीले फेरि नेपाल आएर अरू शिक्षकहरूलाई सिकाउनु पर्ने उनले बताइन् ।