कीवर्डहरू -

महिन्द्राका बाइक र स्कुटर किन्दा यस्ताे छुट

महिन्द्राका बाइक र स्कुटर किन्दा यस्ताे छुट

काठमाडौं – नयाँ वर्ष २०७६ को अवसरमा अग्नि ग्रुप अन्तर्गतको अग्नि मोटोइन्क प्रालिले “खुशी आउँछ बन्डलमा” योजना ल्याएको छ । 

कम्पनीले यो योजना अन्तर्गत ग्राहकले हरेक बाइक तथा स्कुटरको खरिदमा इन्स्ट्यान्ट क्यास ब्याक प्राप्त गर्न सक्नेछन् ।

स्क्र्याच कुपनमा न्यूनतम १० हजार देखि १ लाख रुपैयाँसम्मको क्यास ब्याक हरेक ग्राहकले प्राप्त गर्न सक्ने भएका छन् । एक वर्षको लागि तेस्रो पक्ष बिमा तथा सवारी करको सुविधा एवम् आकर्षक हेलमेट पनि निःशुल्क रुपमा प्राप्त गर्न सकिने छ ।

यो अवधिभित्र महिन्द्राका स्कुटर वा मोटरसाइकल खरिद गर्ने ग्राहकलाई प्रदान गरिएको कुपनलाई लक्की ड्रमा समावेश गराइने छ र हरेक १५ दिनमा एक जना भाग्यशाली व्यक्तिलाई होम अप्लायन्सहरु प्रदान गरिने छ ।