सन् २०१० मा एउटा डिजिटल पात्रोका रूपमा आएको हाम्रो पात्रोले १२ वर्ष पछि एक करोड भन्दा बढी नेपालीहरूको मोबाइल परिवार बनाउला भन्ने हेक्का कसैलाई थिएन । १२ वर्ष पछि आज हाम्रो पात्रो नेपालको सर्वाधिक डाउनलोड भएको मोबाइल एप मात्र नभई सर्वाधिक धेरै विश्वास गरिएको डिजिटल थलो बन्न सफल भएको छ ।
अनेकौँ उतारचढावका बिच नेपालीहरूको मोबाइल सहयात्री हाम्रो पात्रो १३ औँ वर्षमा प्रवेश गरेको छ । सन् २०१० मा आईओएसमा रिलिज गरिएको पात्रो क्रमशः सन् २०१२ मा एन्ड्रोइडमा रिलिज भएको थियो ।
एउटा नेपाली युवाले नेपाली शब्दहरूलाई डिजिटल थलोमा ल्याउनलाई गरेको सानो जमर्को आज आएर तिथि मिति, समाचार, विदेशी विनिमय दर, तरकारीको भाउ देखि टेली हेल्थ, अनलाइन ज्योतिष अनि जन्म कुण्डली मिलान , रेमिटेन्स सम्मका अनेक सुविधा सम्पन्न मोबाइल सहयात्री बनिसकेको छ।
सन् २०१५ मा १० लाख भन्दा बढी डाउनलोड सीमा नाघेको हाम्रो पात्रोले त्यसै वर्ष देखि नेपालमा कार्यालय खोलेर आफ्नो उपस्थिति र प्रभावलाई झनै सशक्त बनाउन थालेको थियो । सन् २०१८ मा ५ मिलियन अर्थात् ५० लाख डाउनलोडको सीमा नाघ्दै हाम्रो पात्रोले ज्योतिष कल सेवा पनि सुरुवात ग¥यो ।
१२ औं बार्षिकउत्सव अवसरमा हाम्रो पात्रो इंक. का फाउन्डर/ सीईओ शंकर उप्रेतीले प्रयोगकर्तालाई धन्यवाद व्यक्त गर्दै भने ‘यसबाट अझ काम गर्न थप हौसला प्राप्त भएको छ,’ म सबै प्रयोगकर्ताहरूलाई उहाँहरूको विश्वासको लागि आभार ब्यक्त गर्दछु । यी डाउनलोडका सख्याँहरु हाम्रा लागि विश्वास र सहयात्री हुन् ।
हामी थप जिम्मेवार र विश्वासिलो बन्ने प्रणका साथै अघि बढ्दै गयौँ र हाम्रो पात्रोको १२ औँ वर्ष सम्म यो यस यात्रामा हामी यहाँहरू सबै जनालाई हार्दिक साधुवाद र अझै सयौँ वर्ष सम्म डिजिटल र अर्थपूर्ण सहयात्रा गर्ने वाचा गर्न चाहन्छौँ । सम्पूर्ण प्रयोगकर्ताहरू, विज्ञापनदाता, साझेदार र सहकर्मीहरूमा हार्दिक नमन' उनले बताए ।