कीवर्डहरू -

स्वीच अनले देशभर संजाल फैलाउदै

स्वीच अनले देशभर संजाल फैलाउदै

स्वीच अन एक विश्वस्तरीय इलेक्ट्रोनिक्स सामानहरुको खुद्रा शोरुम हो जसले ग्राहकहरुलाई एउटै छानामुनी घरयासी इलेक्ट्रोनिक्स सुपथ मूल्यमा उपलब्ध गराउन प्रतिबद्ध रहेको छ ।  

                                                                                                                   
स्वीच अनका आउटलेटहरुमा विश्वका उत्कृष्ट ब्राण्ड सामसङ्ग, हिमस्टार, बजाज, टाइमेक्स्, इन्दोएशियन, ओस्रम, अहुजा, ग्यालेन्ज, प्रोलिङ्क, हन्टकी, लगायत ब्राण्डका मोबाइल, टिभी, रेफ्रिजेरेटर, वासिंग मेसिन, एलईडी लाइट्स, घडिहरु तथा अन्य इलेक्ट्रोनिक्स सामानहरु बिक्रि वितरण गर्दै आएको छ ।

काठमाडौंको नक्साल नारायणचौर स्थीत मुख्य कार्यलय रहेको स्वीच अनको हाल सम्म देशभरका विभिन्न शहरहरु गरेर २० वटा शोरुम संचालनमा आईसकेका छन् भने अन्य शहरहरुमा पनि जोडतोडले विस्तार गर्ने क्रममा रहेको छ । 


यसले व्यवसाय प्रति रुचि भएका नव उद्यमीहरुलाई अवसर प्रदान गर्नुका साथै आत्मनिर्भर बनाउन मद्दत गर्छ । स्वीच अनमा आवद्ध भएर नव उद्यमीहरुले न्यून लगानीमा सुरक्षित व्यवसाय संचालन गर्न सक्छन् ।

यसमा आवद्ध भएका नव उद्यमीहरुलाई व्यवसाय संचालन गर्नु अगाडि स्वीच अनले उचित तालिम तथा प्रभावकारी बिक्रि योजना, बजार व्यवस्थापन, अकाउन्ट सम्बन्धी जानकारी तथा मार्गदर्शन प्रदान गर्छ ।

साथै यसले व्यवसायलाई स्वस्थ बनाउन विभिन्न रणनीति बनाएर संचालकहरुलाई समय समयमा आवश्यक्ता अनुसार तालिम र सल्लाह सुझाव प्रदान गर्छ ।


स्वीच अनको मुख्य उद्देश्य व्यक्तिगत तथा संस्थागत उपभोक्तालाई प्रतिस्पर्धी मूल्यमा अन्तर्राष्ट्रिय गुणस्तर र श्रेणीको उत्पादनहरु उपलब्ध गराउनु हो ।

यसले ग्राहकहरुको सन्तुष्टीलाई मध्यनजर गर्दै नयाँ–नयाँ स्कीम, अफर र छुटको पनि व्यवस्था गर्दै आएको छ । नेपालमै सुरक्षित व्यवसाय गर्न चाहाने नव उद्यमीहरुलाई स्वीच अनसँग साझेदारी गर्न आवहान पनि गरेको छ ।