कीवर्डहरू -

यी हुन् एन्टिभाइरस सफ्टवेयर किन्दा ध्यान दिनुपर्ने मुख्य पाँच कुरा 

यी हुन् एन्टिभाइरस सफ्टवेयर किन्दा ध्यान दिनुपर्ने मुख्य पाँच कुरा 

इन्टरनेटले जीवन सहज बनाउनका साथसाथै सूचना खतरामा पारिदिने पनि गर्छ । वेबमा धेरै ह्याकहरु छन् जसले तपाईको निजी जानकारी पाउनका लागि अवसर खोजिरहेका छन् । विश्वव्यापी डेटा हेर्दा कम्प्युटर प्रयोगकर्ताहरुको २.३ ट्रिलियन चाटि ह्याकरहरुले निजी डेटामा घुसपैठ गर्न खोजिसकेका छन् ।

सोनिक वाल नामक साइबरसुरक्षा फर्मको अनुसार गत साल भन्दा यो वर्ष १९ प्रतिशतले साइबर सुरक्षाको डर बढेको छ । यहि कारणले इन्टरनेटसँग जोडिएको डिभाइसलाई एन्टिभाइरस सफ्टवेयरले सुरक्षित गर्नुपर्छ । तर एन्टिभाइरस किन्दा पनि कुन लिने, कस्तो किन्दा राम्रो हुन्छ भनेर तपाईलाई चिन्ता लाग्न सक्छ । यही कारणले आज हामी एन्टिभाइरस किन्दा केके कुरामा ध्यान दिनुपर्छ भनेर जानकारी दिनेछौँ ।

१. के तपाईलाई क्लाउड एन्टिभाइरस चाहिन्छ ?

पुरानो मोडेलको एन्टिभाइरस सफ्टवेयरले सबै किसिमको ह्याकलाई रोक्न सक्दैन् । त्यही कारणले क्लाउड एन्टिभाइरस प्रोग्राम इन्स्टल गर्न एकदमै महत्वपूर्ण हुन्छ । यसले तपाईको कम्प्यूटर भन्दा राम्रो प्रोसेसिङ दिने गर्छ । यसले म्यालवेयरको समस्याहरुलाई सजिलै थाहापाउन पनि सक्छ ।

म्यालवेयरबाट राम्रो सुरक्षा दिने एन्टिभाइरसमा एउटा ‘टोटल एभी’ पनि हो जुन थुपै्र प्लेटफर्मका लागि उपलब्ध छ । यसले रयान्समवेयर देखि आडवेयरबाट सुरक्षा दिने गर्छ । त्योसँगै कम्प्युटरमा फाइल खुल्नु अघि पनि यसले एकचोटि स्कयान गर्ने गर्छ जसले गर्दा तपाइको डिभाइस सुरक्षित नै रहन्छ ।

२. कुन खालको उपकरणमा तपाईले एन्टिभाइरस प्रयोग गर्नुहुन्छ ?

आफ्नो डिभाइसको अपरेटिङ सिस्टमसँग कस्तो खालको एन्टिभाइरस प्रोग्राम मिल्छ भनेर पत्ता लगाउन सक्नुपर्छ । तर अब यो धेरै ठूलो विषय होइन किनभने धेरैजसो एन्टिभाइरस निर्माताले एउटा एन्टिभाइरसनै धेरै ओटा प्लेटफर्मका लागि बनाएका हुन्छन् ।

यसको एउटा उदाहरणमा एभीजी एन्टीभाइरस पर्ने गर्दछ जुन दुवै निःशुल्क र भुक्तानी गर्नु पर्ने भर्सनमा आउँछ । यो पिसी, म्याक, एन्ड्रोइड र आईओएस भर्सनमा उपलब्ध रहेको छ । तपाईको डिभाइसमा कति स्पेस छ भनेर पनि याद गर्नुपर्ने हुन्छ किनभने कहिलेकाँही एन्टिभाइरसले धेरै स्पेस लिइदिन्छ । धेरै स्पेस नलिने एन्टिभाइरसमा ‘वेबरुट सेक्योर एनीवेयर’ एन्टिभाइरस पर्ने गर्छ ।

३. तपाईको कतिको बजेट रहेको छ ?

तपाईको बजेट कम नै छ या तपाईले धेरै कम्प्युटरको प्रयोग गर्नुहुँदैन भने तपाइले एन्टिभाइरस प्रोग्रामको निःशुल्क भर्सननै छनोट गर्न सक्नुहुनेछ । विन्डोज पिसि हुनेले सजिलै तरिकाले विन्डोज टेन सँग आउने ‘विन्डोज डिफेन्डर एन्टिभाइरस’ आक्टीभेट गर्न सक्नेछन् । अर्काे चर्चित एन्टिभाइरसमा ‘अभास्ट फ्रि एन्टिभाइरस’ पर्ने गर्छ जसले सुरक्षा अन्वेषकहरुबाट राम्रै प्रतिक्रिया पाएको छ ।

यो विन्डोज, म्याक, एन्ड्रोइड र आईओएस डिभाइसका लागि उपलब्ध रहेको छ । तर भुक्तानी गर्नुपर्ने भर्सन लिन सकेमा त्यस्तो एन्टिभाइरसले अझै बढि फिचर दिन सक्छ । ‘बिटफेण्डर टोटल सेक्युरिटरी’ले पेड भर्सनमा फाइल स्रेडिङ र वेबक्याम र माइक्रोफोनबाट सुरक्षाजस्तो फिचरहरु दिने गर्छ । एकचोटि किनेपछि हरेक एक वर्षमा केही पैसा दिएर प्रोग्रामलाई रिन्यू गर्नुपर्ने हुन्छ ।

४. तपाईले कस्तो सेक्युरिटी समस्या भोग्नु परिरहेको छ र त्यसको लागि कस्तो खालको सुरक्षा चाहिन्छ ?

तपाईले आफ्नो कम्प्युटर ईमेल लेख्न, फिल्म हेर्न जस्ता साधारण कार्यका लागि मात्रै प्रयोग गरिरहनुभएको छ भने धेरै एडभान्सड एन्टिभाइरस हाल्नु पर्दैन् तर इ–कमर्स व्यवसाय चलाउने,वेबको एकदमै धेरै प्रयोग गर्नेहरुले उन्न्त किसिमकै एन्टिभाइरस प्रयोग गर्नुपर्ने हुन्छ । यसतो लागि पेड भर्सनमा प्रिमियम फिचरहरु रहेका छन् ।

‘नर्टन ३६० विथ लाइफलक सेलेक्ट’ मा एन्टि ह्याकिङ फिचरहरु रहेका छन् । त्योसँगै बालबालिकाले रिमोट अध्ययन गर्दा प्यारेन्टल गाईडेन्स पनि हुने गर्छ । यसमा क्लाउड फाइल ब्याकअप र भर्चुअल प्राईभेट नेटवर्क पनि हुने गर्छ । यस्तो एन्टिभाइरसले तपाईको सबै सुरक्षा समस्यालाई ठिक गर्ने गर्छ ।

५. तपाई प्रविधि चलाउनलाई कतिको जान्ने हुनुहुन्छ ?

प्रविधिको प्रयोगमा धेरै अभ्यस्त नभएकाले सजिलो प्रणाली भएको प्रोग्रामहरु छान्नुपर्ने हुन्छ । चलाउन सजिलो खालको एन्टिभाइरस चाहिएमा ‘ट्रेन्ड माइक्रो एन्टिभाइरस+सेक्युरिटी’ प्रयोग गर्न सकिन्छ ।

इन्भेस्टोपिडिया रिभ्युअरको अनुसार यो एन्टिभाइरसमा एकदमै युजर फ्रेन्डली डास्बोर्ड रहेको छ । तर जुन पनि एन्टिभाइरस राखेता पनि समयसमयमा त्यसलाई अपडेट गरिरहनुपर्छ र मात्रै पूर्ण रुपले सुरक्षित हुन सकिन्छ ।