के तपाई ब्याट्रीको लाइफ देखेर तनाबमा हुनुहुन्छ ? या पावर बैंक बोकेर हिड्दा समस्यामा हुनुहुन्छ । यस्तो ब्याट्री बिग्रिदै गएर पनि हुन सक्छ ।
स्मार्टफोन हामी सबैले चलाउने गर्छौं । त्यो माथि एन्ड्रोइड फोन अझ धेरैले प्रयोग गर्छौं । अहिले धेरैजसो काम भने मोबाइल फोनमै गरिन्छ । तर फोनको ब्याट्री लामो समय सम्म नचल्न सक्छ ।
यस्तो ब्याट्रीको स्वास्थ्य बिग्रेको कारणले हुन सक्छ । आज हामी एन्ड्रोइडमा ब्याट्रीको स्वास्थ्य कसरी जाँच गर्ने भन्ने बारे छलफल गर्दैछौ ।
सामसङका लागि
यो समस्यालाई लक्षित गरी स्मार्टफोनको ब्याट्रीका लागि सामसङले डाइगोनिस्टिक अप्सन दिने गर्दछ । यो अप्सन सेटिङ्ग मेन्यु अन्तर्गत हुने गर्दछ ।
यसले तपाईको फोनको ब्याट्री,नेटवर्क, वाइफाइ र क्यामेरा जस्ता सबै जसो फिचरहरुको जाँच गर्ने गर्दछ । डाइगोनिस्टिक अप्सन पाउनका लागि सेटिङ्गमा गएर ब्याट्री एण्ड डिभाइस केयर भन्ने अप्सनमा गएर डाइगोनिस्टिक भन्ने अप्सनमा जानुपर्ने हुन्छ ।
तेस्रो पक्षीय एपहरुको प्रयोग गरेर
हार्डवेयरको जाँच गर्ने धेरैजसो एपहरु हुने गर्दछन् । यसमा क्यासिफाई डायगनोज, सिपियू जेड, एम्पेयर, एक्युब्याट्री जस्ता एपहरु पर्ने गर्दछन् । यी एपहरुले डिभाइसलाई स्क्यान गरेर डिभाइसको अवस्था बताउने गर्दछन् ।