कीवर्डहरू -

तपाईको निजी डेटालाई सुरक्षित गर्नका निम्ति सामसंगको मेन्टेनेन्स मोड सार्वजनिक

तपाईको निजी डेटालाई सुरक्षित गर्नका निम्ति सामसंगको मेन्टेनेन्स मोड सार्वजनिक

सामसंगको मेन्टेनेन्स मोडले फोन मर्मत गर्ने समयमा तपाईको निजी डेटालाई सुरक्षित गर्ने गर्दछ । यसले फोनलाई मर्मतका लागि पठाउँदा प्रयोगकर्ताको फोटो, मेसेज तथा सम्पर्क सूचीलाई सुरक्षित राख्ने गर्दछ ।

यो फिचर सामसंगको वान यूआई ५ इन्स्टल गरिएको फोनहरुको लागि उपलब्ध रहेको छ । यो फिचर सर्वप्रथम ग्यालेक्सी एस २२ प्रयोगकर्ताका लागि उपलब्ध हुनेछ ।

यो फिचर ब्याट्री एण्ड डिभाइस केयर भन्ने सेटिंग अन्र्तगत रहनेछ । यो मोड अन हुँदा मर्मत गर्ने प्राविधिक व्यक्तिले तपाईको फोनमा कुनकुन एप इन्स्टल छ भनेर पनि हेर्न सक्दैनन् । तपाईले फेरि फोन पाएपछि मेन्टेनेन्स मोड डिसेबल गर्न सक्नुहुनेछ ।