गायक तथा गीतकार विक्रम राजवंशीका साथ संगीत सिजन ब्याण्ड रहेको “इन्टरनेट” म्युजिक भिडियो ११ कार्तिक २०७९ मा सार्वजनिक भएको छ । सन् १९७० दशक तिर यदि इन्टरनेटको विकास भएको भए त्यो समयमा कस्तो किसिमको प्रेम हुने थियो भन्ने सस्पेन्स कथा वस्तुलाई आधार मानेर त्यस ताकाको भेष भुसा र गेटअप देखाउन यस गीतमा कोशिस गरिएको छ ।
खुन्दे बाट म्युजिक भिडियो “इन्टरनेट” रिलिज भएको छ । खुन्दे सगरमाथा राष्ट्रिय निकुञ्ज भित्र पर्ने नेपालको खुम्बु क्षेत्रको एउटा गाउँ हो । यो शेर्पाहरूको पवित्र हिमाल खुम्बुको फेदमा रहेको उपत्यकाको खुम्जुङ गाउँसँग सिधा जोडिएको छ । खुम्जुङ उपत्यका समुन्द्र सतहबाट ३८०० मिटर देखी ४००० मिटरको बीचमा गएर गीतको बिमोचन गरेका छन् ।
यस म्युजिक भिडियोमा चर्चित नायिका नम्रता सापकोटा र विनोद पोखरेल जोडि राम्रो जमेको छ । अन्य कलाकारहरुमा असिम रानाभाट‚हिमा थापा‚आशिषदेव रुपाखेती‚कुमार मिलन‚ हिमान्सु रहेका छन् । त्यस्तै छायाङ्गकनमा उत्सव दाहाल, सम्पादनमा विकास ज्ञवाली तथा कोरियोग्राफर सन्तोष राजवाहक रहेका छन् ।
म्यूजिक भिडियोको निर्देशन कृष्णदेव रुपाखेतीले गरेका हुन् । यस गीत बिमोचनका लागी विदेशी मित्रहरु इन्टरनेट सोसाइटीबाट नाभिद उल हक‚ जोआओ पाउलो अगुयर , छेपाल शेर्पा र अन्य खुन्ब्दे समुदायहरु सहभागी भएका छन् ।
गोकर्ण फोरेस्ट रिसोर्टमा छायाँकन गरिएको यस म्युजिक भिडियो दर्शकमाझ लोकप्रिय हुने भनेर कृष्णदेव रुपाखेती ढुक्क देखिएका छन् ।