कीवर्डहरू -

कांग्रेसको संकल्प : डाटा संग्रहकेन्द्र, डिजिटल नक्सा, एआईमा दूरगामी रणनीति बनाउने

कांग्रेसको संकल्प : डाटा संग्रहकेन्द्र, डिजिटल नक्सा, एआईमा दूरगामी रणनीति बनाउने

डिजिटल नेपालः सुशासन र समुन्नतिको आधार भन्ने नाराका साथ नेपाली कांग्रेसले सूचना प्रविधिलाई आर्थिक गतिविधि बढाउन, सुशासन कायम गर्न , प्रविधिमा पहुँच पु¥याई विशेष गरी यवा उद्यमी, अनुसन्धानकर्ता र समग्र निजी क्षेत्रको सृजनशीलता प्रवद्र्धन गर्न उपयोग गर्ने नीति ल्याउने बताएको छ ।

त्यस्तै नेपालले वस्तु निर्यात भन्दा सफ्टवेर क्षेत्रबाट अधिक विदेशी मुद्रा आर्जन गर्न डिजिटल रुपान्तरण आवश्यक रहेको कांग्रेसले बताएको छ ।

‘सीमारहित नियमन खाका ल्याएर स्थानीय टेक कम्पनीहरुलाई अन्तर्राष्ट्रिय क्षेत्रमा विस्तार हुन सहजीकरण गर्दै डाटा संग्रहकेन्द्र, डिजिटल नक्सा, आर्टिफिसियल इन्टेलीजेन्स जस्ता क्षेत्रमा दूरगामी रणनीति बनाउने छौं’ संकल्पपत्रमा भनिएको छ ।

पेमेन्ट गेटवेदेखि लगानीका लाभांश लैजाने प्रक्रिया, गोपनीयताका कानुनदेखि साइबर सुरक्षासम्म, डिजिटल हस्ताक्षरदेखि डिजिटल ग्राहक पहिचानसम्मका क्षेत्रमा कांग्रेसले युवा उद्यमीलाई सजिलो बनाइदिने वाचा गरेको छ । त्यस्तै घोषणापत्रमा निर्यातमुखी डिजिटलाइजेशन लगायत सूचना संचार क्षेत्रमा २ लाख युवालाई संलग्न गराउने बताइएको छ ।

त्यस्तै टेलिमेडिसिन केन्द्रको स्थापना र सातै प्रदेशमा सूचना ज्ञान पार्क स्थापना गर्ने पनि संकल्पपत्रमा उल्लेख गरिएको छ । सवै स्थानीय तहलाई उच्च गतिको इन्टरनेट नेटवर्कको पहुँच  पनि गराइने बताइएको छ ।
कांग्रेसको अरु संकल्प यी प्रकारका रहेका छन् :

\"\"

\"\"

\"\"

\"\"