कीवर्डहरू -

कलर ओएस ६ सार्वजनिक रोचकफिचर्स र आकर्षक डिजाइन

कलर ओएस ६ सार्वजनिक रोचकफिचर्स र आकर्षक डिजाइन

चैत्र १३, काठमाडौं । ओपोले आधिकारिक रुपमा स्मार्टफोन प्ल्याटफर्मको आफ्नो नयाँ भर्जन–कलर ओएस ६ सार्वजनिक गरेको छ ।

विश्वका केहीबजारमा भरखरै सार्वजनिकओपो एफ११ र एफ ११ प्रोमा यो ओएस उपलब्ध गरिसकिएको छ । हल्का कलर स्किममा आधारित नयाँ ओएसले कार्य क्षमतामा परिस्कृतिकरण र एप ड्रअर पनि उपलब्ध गरिएको छ ।

सफा र ब्यवहारिक दृष्यानुभवका लागि नयाँ डिजाइनमा सरल सेतो पृष्ठभुमी र सुक्ष्म ग्राडियण्ट अपनाइएको छ । न्यून रेखा, नयाँ आइकन्स, नयाँ गेस्चर र परिस्कृत एनिमेसन सहितको यो ओएस, ओएस परिमार्जन रुचाउनेहरुका लागि राम्रो छनोट हुन सक्छ ।


कार्यक्षमतामा उत्कृष्टताका लागि हाइपर बुस्ट नाम दिएर यसमा विशेष ब्यवस्था गरिएको छ । ब्यवस्था अन्तर्गत प्रणाली बुस्ट, एप बुस्ट र गेम बुष्ट लगायत पर्दछन् । गेमको मज्जा लिइरहँदा फोनका अलवा नोटिफिकेसनका कारण रुकावट नआओस् भन्ने सोचका साथ यसमा गेम एसिस्टेन्टको ब्यवस्था गरिएको छ । साथै, फोनमा स्क्रिन रेकर्डिङको ब्यवस्था पनि रहेको छ । 


पर्सनलाइज्ड गेमिङ अनुभव दिने सोचका साथ नयाँ ओएसमा गेम स्पेस नामको फिचर पनि उपलब्ध गरिएको छ । ओएस ६ मा ईन्टरनेटको समस्याबाट प्रयोगकर्तालाई छुटकारा दिने सोचका साथ वाईफाई र फोरजी कनेक्टिभिटीको एकिकृत प्रयोग गर्ने स्मार्ट डुअल च्यानल नेटवर्क उपलब्ध गरिएको छ ।