कीवर्डहरू -

अब आइफोनमा पनि यूएसबीसी पोर्ट उपलब्ध हुने

अब आइफोनमा पनि यूएसबीसी पोर्ट उपलब्ध हुने

एप्पलले आईफोनका लागि पनि टाइप सि चार्जर उपलब्ध गराउने भएको छ । गत महिना यूरोपियन कमिसनले ईयूमा विक्रि गर्ने सबै फोन तथा ट्याबलेटमा सन् २०२४ सम्ममा यूएसबीसीनै उपलब्ध हुनुपर्छ भनेपछि आईफोनका लागि पनि टाइप सि चार्जर उपलब्ध हुने भएको हो ।

यूरोपियन कमिसनको भनेको मान्नैपर्ने आफ्नो बाध्यता रहेको एप्पलले बताएको छ । कम्पनी यो निर्णयबाट खुशी छैन् किनभने यूएसबीसी चार्जर सार्वजनिक गर्ने समय आइफोनले सकेसम्म टारिरहेको थियो ।

एप्पलले प्रयोगकर्ताहरुले सबै सामान आफूबाटै खरिद गरुन भन्ने चाहन्छ तर अब यूएसबीसी चार्जर प्रयोग गर्न सकिएमा अरु कम्पनीको चार्जरले पनि चार्ज गर्न सकिनेछ जसले गर्दा एप्पलको एकाधिकारलाई सकाउनेछ ।