कीवर्डहरू -

एनसेललाई ९०० र २१०० मेगाहर्ज फ्रिक्वेन्सी दिने तयारी

एनसेललाई ९०० र २१०० मेगाहर्ज फ्रिक्वेन्सी दिने तयारी

दूरसञ्चार प्राधिकरणले दोस्रोपटक गरेको ९०० र २१०० मेगाहर्ज फ्रिक्वेन्सीको अक्सनमा एनसेल बाहेक अरुको निवेदन नपरेपछि स्वतः सो फ्रिक्वेन्सी एनसेलले पाउने भएको छ ।

प्राधिकरण बोर्डले एनसेलको निवेदनअनूरुप प्राविधिक रुपमा योग्य भएको या नभएकाे अध्ययन गरेपछि फ्रिक्वेन्सी वितरण हुने छ ।  

प्राधिकरणले ९००, १८०० र २१०० मेगाहर्ज ब्यान्डका लागि निवेदन माग गर्दा १८०० मेगाहर्जका लागि नेपाल टेलिकम र एनसेलले १८०० मेगाहर्ज ब्यान्ड फ्रिक्वेन्सी लिन इच्छा देखाएका थिए । ९०० र २१०० मेगाहर्जलाई भने एनसेलको निवेदन परेको थियो ।

पुनः चैत्र ११ सम्म खुलाइएको समयमा अन्य कम्पनीले निवेदन दिएनन् । एनसेलको पहिलो निवेदनकै आधारमा उसले यी फ्रिक्वेन्सी पाउने भएको हो । 

यता १८०० मेगाहर्जका लागि नेपाल टेलिकम र एनसेल दुवैको इच्छा भएकाले उक्त ब्यान्डको अक्सन हुने प्राधिकरणका निर्देशक मिनप्रसाद अर्यालले बताए । 

१८०० मेगाहर्ज ब्यान्डका लागि नेपाल टेलिकमले पनि निवेदन दिएकाले उक्त ब्यान्डको अक्सन हुनेछ ।