कीवर्डहरू -

फिंगरप्रिन्ट स्क्यान गर्दै ओलीले सार्वजनिक गरे एमालेको घोषणापत्र, सबै सरकारी सेवा अनलाइनबाटै

फिंगरप्रिन्ट स्क्यान गर्दै ओलीले सार्वजनिक गरे एमालेको घोषणापत्र, सबै सरकारी सेवा अनलाइनबाटै

नेकपा एमालेले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । मंगलबार याक एन्ड यती होटलमा आयोजित कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले डिजिटल माध्यमबाट फिंगरप्रिन्ट स्क्यान गरी घोषणापत्र सार्वजनिक गरेका हुन् ।

आगामी निर्वाचनपछि आफ्नो नेतृत्वमा सरकार बनेमा एमालेले ५ वर्षमा २० वटा काम गर्ने ग्यारेन्टी लिएको छ ।

ग्यारेन्टीमा डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन गरी सरकारी सेवा अनलाइनबाटै दिने, तार भूमिगत गर्ने,  १ वर्षमा सबैलाई राष्ट्रिय परिचयपत्र दिने १०० खर्बको अर्थतन्त्र बनाउने उल्लेख गरिएको छ ।

त्यस्तै मेक इन नेपाल अभियान सञ्चालन गर्ने, वार्षिक ५ लाख रोजगारी सिर्जना गर्ने, स्यानिटरी प्याड खरिदका लागि वार्षिक १५०० उपलब्ध गराउने, अप्टिकल फाइबर बिच्छ्याइ फाइभजी सेवा दिने, सार्वजनिक स्थलमा ब्रोडब्याण्ड सेवा निःशुल्क दिने, सिसिटिभी क्यामेरा जडान गर्ने, मोबाइल एपबाटै मौसम, विपद्, जनस्वास्थ्य, रोजगारी, कृषि तथा सहुलियतको जानकारी दिने कुरा उल्लेख गरिएको छ ।