कीवर्डहरू -

एमालेको घोषणाः १ वर्षभित्र राष्ट्रिय परिचयपत्र वितरण, सार्वजनिक स्थलमा निःशुल्क इन्टरनेट

एमालेको घोषणाः १ वर्षभित्र राष्ट्रिय परिचयपत्र वितरण, सार्वजनिक स्थलमा निःशुल्क इन्टरनेट

नेकपा एमालेले १ वर्षमा राष्ट्रिय परिचयपत्र वितरण गर्ने घोषणा गरेको छ । मंगलबार आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्दै एमालले १ वर्षभित्र राष्ट्रिय परिचयपत्र वितरण गर्ने घोषणा गरेको हो ।

एमालेले आफ्नो सरकार बनेमा सार्वजनिक स्थलमा ब्रोडब्याण्ड सेवा निःशुल्क दिने पनि घोषणा गरेको छ । विद्यालय, अस्पताल, सरकारी कार्यालय, वित्तिय संस्था, सपिङ कम्प्लेक्स लगायत सार्वजनिक स्थलमा ब्रोडब्याण्ड इन्टरनेट सुविधा निःशुल्क गर्ने घोषणापत्रमा उल्लेख गरिएको छ ।

यस्तै नागरिक सुरक्षाका लागि सहरी सडक तथा सार्वजनिक स्थलमा सिसिटिभी क्यामेरा जडान गरिने बताइएको छ ।