कीवर्डहरू -

रियलमी युआई विजेट क्रिएट गर्न आह्वान

रियलमी युआई विजेट क्रिएट गर्न आह्वान

स्मार्टफोन ब्रान्ड रियलमीले रियलमी युआई विजेट क्रिएसन क्याम्पेन आयोजना गर्ने भएको छ । यो क्याम्पेनमा एप डेभलपर, यु एक्स डिजाइनर एवम् स्मार्ट फोन कम्पनीमा काम गर्ने कर्मचारी देखि लिएर सर्वसाधारण समेत सहभागि हुन सक्नेछन् ।

विश्वभर छरिएर रहेका आफ्नो रियलमी फ्यानहरुसँग मिलेर नयाँँ रियलमी युआई विजेट सह सिर्जना गर्दै सिर्जनात्मक तरिकाले भौतिक संसार र डिजिटल संसारलाई जोड्ने उद्धेश्यले यो क्याम्पेन आयोजना गरिएको आयोजक रियलमीले जनाएको छ ।

साथै यस क्याम्पेनले उपभोक्ताहरुलाई रियलमीको भविष्यको युआई विजेट कस्तो हुनेछ भनेर प्रभावकारी भूमिका खेल्न र सह सिर्जना गर्ने अद्दितिय अवसर प्रदान गर्नेछन् ।

यसरी बनाइने नयाँँ विजेट विल्कुलै भिन्न र कटिङ एज डिजाइन युक्त मात्र नभै उपभोक्ताहरुको दैनिक प्रयोगको लागि आवश्यक फंसनालिटीहरु पनि समावेश गरिने कम्पनीको भनाइ छ । साथै यसमा हरेक चोटि स्क्रिन अनलक गर्दा आवश्यक सुचनाहरु पनि प्रदान गर्ने गरी डिजाइन गरिने कम्पनीले जनाएको छ ।

यस युआई विजेटको मुख्य काम आवश्यक सुचनाहरु होम स्क्रिनमा सरल तरिकाले देखिने बनाउनु हो । त्यसैले यस सह सिर्जनात्मक कार्यमा रियलमीले सहभागिहरुबाट रोचक र नवीन आइडियाहरुको अपेक्षा गरेको छ ।

यसको लागि को–क्रिएसन टेम्पेलेट डाउनलोड गरेर सोही टेम्पलेट अनुसार एन्ट्री र सम्बन्धित डिजाइनहरु पुरा गर्नुपर्ने हुन्छ । पिडिएफ, डक, डकएक्स, पिएनजी, जेपिजी, जेपिइजी फर्म्याटका फाइलहरु मान्य हुनेछन् ।

यदि तपाईंको आइडिया मान्य भएको खन्डमा रियलमी जिटी नियो ३ र एक्स्क्लुसिभ कम्युनिटी ब्याज प्रदान गरिनेछ ।सहभागि सम्पूर्णले नयाँँ रियलमि युआइ विजेटको अर्ली एक्सेस भर्जन प्रयोग गर्ने अवसर पाउने छन् ।