कीवर्डहरू -

आइसिटी अवार्डका उत्कृष्ट १२ प्रतिस्पर्धीका लागि आयोजना भएको मेन्टरिङ सेसन सम्पन्न

आइसिटी अवार्डका उत्कृष्ट १२ प्रतिस्पर्धीका लागि आयोजना भएको मेन्टरिङ सेसन सम्पन्न

इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ इन एशोशिएसन विथ जेनेसका उत्कृष्ट १२ प्रतिस्पर्धीहरूका लागि आयोजना भएको मेन्टरिङ तथा ओरियन्टेसन सेसन सम्पन्न भएको छ ।

बुधबार काठमाडौंको साप फल्चामा चारजना मेन्टर्सको सहभागितामा मेन्टरिङ तथा ओरियन्टेसन सेसन सम्पन्न भएको हो ।

नेपाल आन्टरप्रेनर्स हबसँगको सहकार्यमा लिभिङ विथ आइसिटीले आयोजना गरेको उक्त सेसनमा उत्कष्ट १२ स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार विधाका ६० जनाभन्दा बढी सहभागी भएका थिए ।

उत्कृष्ट १२ प्रतिस्पर्धीलाई मेन्टरिङ प्रदान गर्न मेन्टरको रूपमा ट्यान्जेन्ट वेभ्सका संस्थापक समुन शाक्य, इन्नोभेट नेपाल ग्रुपका निर्देशक रवी फुँयाल, रोस्टर लोजिक प्रालिका संस्थापक ब्रिजेन जोशी र हाम्रो पात्रोका संस्थापक शंकर उप्रेति थिए ।

अवार्डको १३ जनाको जुरी समिति र १५ जनाको सल्लाहकार समितिले २ चरणको छनोटपश्चात उत्कृष्ट १२ को नाम छनोट गरिएको थियो ।

उत्कृष्ट १२ स्टार्टअपमा एरिया टेक्नोलोजी, बीआईसी टेक्नोलोजी, बिहे नेपाल, क्यूरा हेल्थ, ड्यानशन सोलुसन, डिजिटल लर्निब नेपाल, फ्रेस केटिएम एग्रो, कैंचो ग्रुप, मोनाल टेक, पिक एण्ड ड्रप, रेड टेल फक्स र रिंगेज टेक रहेका छन् ।

उत्कृष्ट १२ प्रडक्टमा बीडीएमएस प्रो, बिहे नेपाल, डिसिजन मेन्टर, डाइनो सीआरएम, फिनपस, गल्ली म्याप्स, लोन अटोमेसन सिस्टम (क्रेडिट एक्स माइक्रो), रिंगेज भ्वाइस ब्रोडकास्टिङ स्कूल वर्क्स प्रो, स्मार्ट अफिस, टिग र भैरव ट्रिडेन्ट परेका छन्।

विद्यार्थीले बनाएका उत्कृष्ट १२ इन्नोभेसनमा आस्क म्याटरब, कमर्सिएलाइजेसन अफ अटोनोमस इगल आई अन म्यान्ड एरियल भेहिकल (युएभी), कारोबार एप, मेजरमी डट एआई, मेरो स्वास्थ्य, नयन, नेप्टु, पाइथन भ्वाइस असिस्टेन्ट, सारङ्ग, एसओएल बिन, टिस्क्यान र स्पष्ट नेपाली परेका छन् ।

सन् २०१६ बाट सुरू भएको आइसिटी अवार्डको सातौं संस्करणमा १२ विधामा अवार्ड वितरण गरिदै छ । यस वर्ष अवार्डमा ४०० बढीको आवेदन प्राप्त भएको थियो ।

आइसिटी अवार्ड २०२२ मा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, नेपाल उद्योग वाणिज्य महासंघ, दराज, आईएमई जनरल इन्स्योरेन्स, प्रेसिडेन्सियल बिजनेस स्कुल, ब्रोडवे इन्फोसेस, वेद, जायर, सिलभर लाइनिङ, किंग्स कलेज, हाम्रो पात्रो, फ्युज मसिन, टेक्नोरियो लगायतको सहकार्य रहेको छ ।