कीवर्डहरू -

स्वतन्त्र पार्टीको बाचाः विद्युतीय गाडीमा शुन्य कर, पेट्रोलियमलाई विद्युतीय बनाउन कर्जा

स्वतन्त्र पार्टीको बाचाः विद्युतीय गाडीमा शुन्य कर, पेट्रोलियमलाई विद्युतीय बनाउन कर्जा

राष्ट्रिय स्वतन्त्र पार्टीले विद्युतीय सवारीसाधनमा शुन्य कर लगाउने भएको छ । बिहीबार बाचा पत्र सार्वजनिक गर्दै स्वतन्त्र पार्टीले आफ्नो नेतृत्वमा सरकार बने विद्युतीय सवारीसाधनमा शुन्य कर लगाउने बताएको हो ।

विद्युतीय सवारीसाधनमा शुन्य कर र पेट्रोलियम इन्धनबाट चल्ने सवारीलाई विद्युतीय परिवर्तन गर्न शत प्रतिशत कर्जा दिइने बाचापत्रमा उल्लेख गरिएको छ ।

यसका साथै ५ वर्षपछि पेट्रोलियम इन्धनबाट चल्ने सवारीको बिक्री वितरण बन्द गरिने जनाइएको छ ।