कीवर्डहरू -

लोकसेवाले २० हजार कर्मचारीका लागि आवेदन खोल्दै

लोकसेवाले २० हजार कर्मचारीका लागि आवेदन खोल्दै

काठमाण्डौ – लोकसेवा आयोगले विभिन्न तह गरी १५ देखि २० हजार कर्मचारीको भर्ना प्रक्रिया सुरु गर्ने गर्ने भएको छ । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरी समायोजनको काम सकिएको जानकारी दियाे । सम्मेलनमा मन्त्री लालबाबु पण्डितले आगामी आर्थिक वर्षभित्र कर्मचारी नियुक्त हुने गरी छोटो प्रक्रियाबाट कर्मचारी नियुक्त गर्ने याेजनामा आफू रहेको बताए । 

संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन प्रक्रिया सकिएकाले निजामती सेवाका लागि अब आवेदन आह्वान गर्ने तयारी गरिएकाे उनले बताए ।  

मन्त्री पण्डितले चालू आर्थिक वर्षभित्र आवश्यक सबै कर्मचारीहरुको व्यवस्था हुने गरी परीक्षाको तयारी गर्न आयोगलाई निर्देशन दिइएको बताए । 

उनका अनुसार समायोजना प्रक्रियापछि विभिन्न तहका गरी निजमाती सेवा २० हजार कर्मचारीको अभाव छ ।