कीवर्डहरू -

किशोर किशोरीलाई उत्पीडनबाट बचाउन सहयोग गर्ने इन्स्टाग्रामको प्यारेन्टल मोड

किशोर किशोरीलाई उत्पीडनबाट बचाउन सहयोग गर्ने इन्स्टाग्रामको प्यारेन्टल मोड

मेटाको इन्स्टाग्राम एपमा किशोर किशोरीहरुलाई उत्पीडनबाट बचाउनका लागि प्यारेन्टल मोड सार्वजनिक गरेको छ । यसले किशोरकिशोरीहरुले एपमा के गरिरहेका छन्, कसलाई फलो गरेको छन् वा उनीहरुलाई कसले फलो गरेको छ भनेर पनि हेर्न सकिन्छ ।

यो प्यारेन्टल मोड १३ देखि १७ वर्षका किशोर किशोरीहरुलाई लक्षित गरेर बनाइएको हो । यो मोड अन गर्नका लागि दुवै पक्षको इन्स्टाग्रामको अपडेटेड भर्सन हुनुपर्ने हुन्छ ।

यसका लागि सर्वप्रथम आफ्नो डिभाइसमा इन्स्टाग्राम एप खोल्नुपर्छ । त्यसपछि तल्लो दायाँ भागमा रहेको प्रोफाइल पिक्चर आइकनमा क्लिक गरेर सेटिंगमा जानुपर्ने हुन्छ । अब सुपरभिजन अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ ।

अब फ्यामिली सेन्टर अप्सन सेलेक्ट गर्नुपर्ने हुन्छ । अब क्रियट इन्भाइट बटन थिच्नुपर्ने हुन्छ । अब त्यहाँ देखाइएको सबै जानकारीलाई ध्यान दिएर हेर्नुपर्ने हुन्छ र फेरि पनि क्रियट इन्भाइट बटन थिच्नुपर्ने हुन्छ । यति गरेपछि इन्भिटेसन लिंक जेनेरेट हुने गर्दछ तर अब किशोरकिशोरीलाई मिल्ने मेसेजिंग एप प्रयोग गरेर लिंक पठाउनुपर्ने हुन्छ ।

लिंकलाई क्लिक गरेर क्लिपबोर्डमा कपि गर्नुपर्ने हुन्छ । यति गरेपछि जुन कुनै मेसेजिंग एपबाट लिंक पठाउन सकिन्छ । अब इन्भाइट नोटिफिकेसन पाएको प्रयोगकर्ताले त्यहाँ लिंकसँगै दिइएको एक्सेप्ट बटन क्लिक गरेर प्यारेन्टल मोड सुचारु हुने गर्दछ ।

प्यारेन्टल मोड सुचारु गरेपछि किशोरकिशोरीको इन्स्टाग्राम अकाउन्टमा भएको सबै डेटा अभिभावकले हेर्न सक्नेछन् । अभिभावकले किशोरकिशोरीको इन्स्टाग्राम एक्टिभिटी पनि हेर्न सक्छन् ।

यसमा किशोरकिशोरीले कसलाई फलो गरेको छन् वा उनीहरुलाई कसले फलो गरेका छन् भनेर पनि हेर्न दिन्छ । यो मोडमा एक जना अभिभावकले मात्रै प्यारेन्टल कन्ट्रोल पाउने गर्दछन् ।