कीवर्डहरू -

सिजी लाईफसेलद्वारा बिप एप सार्वजनिक

सिजी लाईफसेलद्वारा बिप एप सार्वजनिक

सूचना सम्प्रेषणमा सहजता ल्याउने लक्ष्यका साथ सिजी लाईफसेलले बिप एप (द्यष्ए ब्उउ) सार्वजनिक गरेको छ । सिजी लाईफ सेल चौधरी ग्रुप अन्तर्गत सूचना प्रविधि क्षेत्रमा काम गर्ने नयाँ विजनेश भर्टिकल हो ।

बिप एप एउटा म्याजेजिङ प्लेटफर्म हो जहाँबाट भ्वाईस कल, भिडियो कल गर्न र म्यासेज एवं फाईलको आदान प्रदान गर्न सकिनेछ । साथै, यस एपको माध्यमबाट प्रयोगकर्ताले विनिमय दर, मौसम सम्बन्धी जानकारी  र समाचारहरुका बारेमा सजिलै जानकारी प्राप्त गर्न सकिनेछ । 


‘डिजिटल नेपाल निर्माण गर्ने सरकारको लक्ष्यमा हामी जतिसक्दो योगदान पु¥याउन चाहान्छौँ’ चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले भन्नुभयो, ‘यसबाट आम नेपाली नागरिकको अझै सर्वसुलभ रुपमा सूचनामा पहुँच पुग्नेछ भन्ने हामीले विश्वास लिएका छौँ ।’


यो एप आईओएस र एन्ड्रोईड दुवै मोवाईल अपरेटिङ सिस्टममा चल्छ । यसलाई गुगल प्ले स्टोर र एप्पल एप स्टोरबाट निःशुल्क डाउनलोड गर्न सकिन्छ ।


यस एपका बिशेषताहरु यस प्रकार रहेका छन् ।  
 
१) बिप एपमा तपाईको मोबाईल फोनको भाषा अनुसार परिवर्तन गर्न सकिन्छ । 
२)  कुनै पनी मोवाईल अपरेटरका ग्राहकहरुले बिप एप सजिलै प्रयोग गर्न सक्छन् ।
३) यसमा विभिन्न प्रकारका निःशुल्क गेमहरु डाउनलोड नगरीकन खेल्न सकिन्छ । 
४) फलो मि र लोकेसन सेयर जस्ता बिशेषताहरु प्रयोग गर्न सकिन्छ ।   
५) सरप्राईज पोइन्टद्वारा विभिन्न प्रकारका उपहारहरु जित्न सकिनेछ ।
६)  बिप एप लाई ल्यापटप र डेक्सटपमा पनी प्रयोग गर्न सकिन्छ । 
७) १० जना प्रयोगकर्ताले एकैसाथ भिडियो कल गर्न सकिन्छ ।