कीवर्डहरू -

वर्ल्डकपलाई लक्षित गर्दै एलजीले ल्यायो यूक्यू सिरिजको टेलिभिजन

वर्ल्डकपलाई लक्षित गर्दै एलजीले ल्यायो यूक्यू सिरिजको टेलिभिजन

एलजीले वर्ल्ड कपलाई लक्षित गरी यूक्यू सिरिजको टेलिभिजन नेपाली बजारमा ल्याएको छ । सिजी इम्पेक्सले वर्ल्ड कप लक्षित गरी यूक्यू सिरिजको युएचडी टिभी नेपाली बजारमा ल्याएको हो ।

युएचडी टिभी श्रेणीमा ४३ इन्च, ५० इन्च, ५५ इन्च, ६५ इन्च ७५ इन्च र ८६ इन्चको टि.भी रहका छन् । टिभीमा रियल फोरके डिस्प्लेसँगै तीन साइड सिनेमा स्क्रीन डिजाइनका साथै क्वाड कोर प्रोसेसर फोर के, वेभ ओ.एस. ६.० अपरेटिङ सिस्टम, आईपीएस प्यानल फोर के सुविधा छन् ।

यस बाहेक एचजीआईजी मोड, अटोलो ल्याटेन्सी मोड (ए.एल.एल.एम) गेम अप्टिमाईजर, ए.आई ब्राइटनेस, ए.आई साउण्ड, एच.डि.आर. टेक्नोलोजी (एच.डि.आर.१०, एच.एल.जी.) फिल्ममेकर मोड, म्याजिक मोसन रिमोट कन्ट्रोल (एम.एम.आर.सि.) स्पोर्टस अलट जस्ता थुप्रै विशेषताहरु रहेको कम्पनीले जनाएको छ ।