कीवर्डहरू -

यात्रुको सहजताका लागि बससेवाले कलंकीमा बनायो यात्रु प्रतिक्षालय, वाईफाई र खानेपानीको सुविधा

यात्रुको सहजताका लागि बससेवाले कलंकीमा बनायो यात्रु प्रतिक्षालय, वाईफाई र खानेपानीको सुविधा

अनलाइनबाटै बसको टिकट काट्न मिल्ने प्लेटफर्म बससेवाले यात्रु प्रतिक्षालय स्थापना गरेको छ । बससेवाले यात्रुहरूको सुविधाका लागि कलंकीमा यात्रु प्रतिक्षालय स्थापना गरेको हो ।

उक्त प्रतिक्षालयमा निःशुल्क वाईफाई र खानेपानीको सुविधा रहेको छ । प्रतिक्षालयमा यात्रु आरामले बसी आफ्नो बस कुर्न सक्ने बससेवाले जनाएको छ ।

बससेवाका अनुसार भीडभाड र अस्तव्यस्त क्षेत्रहरूमा आफ्नो बस कुर्नु पर्ने बाध्यतालाई यसले कम गर्नेछ । अनलाइन र अफलाइन दुबै माध्यमबाट बसको टिकट काट्ने यात्रुले यात्रु प्रतिक्षालयको सुविधा प्रयोग गर्न सक्नेछन् ।

बससेवा डटकम अनलाइनबाटै बसको टिकट काट्न सकिने प्लेटफर्म हो । बससेचाको वेबसाइट र मोबाइल एपबाट बसको टिकट काट्न सकिन्छ । बसको टिकटको पैसा इसेवा, कनेक्ट आईपीएस, आईएमई पे, खल्ती लगायतका माध्यमबाट तिर्न सकिन्छ ।