कीवर्डहरू -

राष्ट्रिय परिचयपत्रको उपयोगितालाई अझ बढाउँदै लैजानुपर्छः गृहसचिव

राष्ट्रिय परिचयपत्रको उपयोगितालाई अझ बढाउँदै लैजानुपर्छः गृहसचिव

गृह सचिव विनोद प्रकाश सिंहले सोमबार राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको अनुगमन तथा निरीक्षण गरेका छन् । सिंह एक महिनाअघि गृह सचिव नियुक्त भएका थिए ।

सिंहलाई स्वागत गर्दै राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका महानिर्देशक तिर्थराज भट्टराईले विभागले गर्दै आएको काम, प्रगती, भोगिरहेका चुनौती तथा आगामी योजनाका बारेमा जानकारी गराएका थिए ।

सचिव सिंहले विभागले संकलन गरेका तथ्यांकको सुरक्षा तथा भण्डारणको विषय महत्वपूर्ण भएको र यसमा विशेष ध्यान दिनुपर्ने बताए ।

‘तथ्यांक भण्डारण निकै नै सम्वेदनशील विषय भएका कारण यसमा चाहिने उपकरण खरिद गरी सुरक्षामा ध्यान दिनुहोस्,’ उनले निर्देशन दिँदै भने, ‘राष्ट्रिय परिचयपत्रको उपयोगितालाई अझ बढाउँदै लैजानुपर्छ ।’

सिंहले राष्ट्रिय परिचयपत्र पाएर के हुन्छ ?  यो परिचयपत्र नभएमा सेवा प्रवाहमा कस्तो असर पर्छ ? लगायत यसको उपयोगिता बारे जनस्तरमा बुझाउनु पर्नेमा जोड दिए ।

राष्ट्रिय परिचयपत्रलाई घटना दर्ता तथा सामाजिक सुरक्षा कार्यक्रमसँग आवद्ध गरी सेवा प्रवाहलाई सरलीकरण गर्नुपर्नेमा उनको जोड छ ।