कीवर्डहरू -

स्वाबलम्बन लघुवित्तले इन्फोडेभलपर्सद्धारा निर्मित कोर बैंकिङ सिस्टम प्रयोग गर्ने 

२५ भन्दा बढी लघुवित्त संस्थाहरुले \'एमपावर\' नामको माइक्रोफाइनान्स बैंकिङ अटोमेशन सफ्टवेयरको प्रयोग गरिरहेका छन्

स्वाबलम्बन लघुवित्तले इन्फोडेभलपर्सद्धारा निर्मित कोर बैंकिङ सिस्टम प्रयोग गर्ने 

स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले माइक्रोफाइनान्स कोर बैंकिङ सिस्टम प्रयोग गर्ने भएको छ । नेपाली सफ्टवेयर कम्पनी इन्फो डेभलपर्स प्रालि उत्पादन गरेको एमपावर नामको माइक्रोफाइनान्स बैंकिङ अटोमेशन सफ्टवेयर स्वाबलम्बनले पनि प्रयोग गर्ने भएको छ । हाल नेपालका २५ भन्दा बढी लघुवित्त संस्थाहरुले यो सफ्टवेयर प्रयोग गर्दै आएका छन् ।

बिहिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड र इन्फोडेभलपर्स प्रालिबीच सफ्टवसम्झौता भयो । सम्झौतामा स्वाबलम्बनका प्रमुख कार्यकारी अधिकृत भोजराज बस्याल र इन्फोडेभलपर्स प्रालिका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीले हस्ताक्षर गरे

बिहिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड र इन्फोडेभलपर्स प्रालिबीच सफ्टवसम्झौता भयो ।

सम्झौतामा स्वाबलम्बनका प्रमुख कार्यकारी अधिकृत भोजराज बस्याल र इन्फोडेभलपर्स प्रालिका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीले हस्ताक्षर गरे ।

सो अवसरमा बोल्दै स्वाबलम्बनका प्रमुख कार्यकारी अधिकृत बस्यालले आफ्नो संस्थाले पनि प्रविधिमा आधारित भई लघुवित्त सेवा प्रदान गर्न सुरु गरेको बताए । उनले कोर बैकिङ सिस्टमका लागि खुला गरेको टेन्डर प्रक्रियाबाट स्वदेशी/विदेशी कम्पनीबीच प्रतिष्पर्धा भई इन्फोडेभलर्सको एमपावर सफ्टवेयर छानिएको र यस सफ्टवेयरमार्फत् थोरै समयमा धेरै काम छिटो छरितो गर्न सकिनेमा आफू विश्वस्त रहेको बताए ।

\"\"

इन्फो डेभलपर्सका प्रमुख कार्यकारी अधिकृत रघुवंशीले नेपालमै लघुवित्त संस्थाका लागि आवश्यक कोर बैंकिङ सिस्टम आफूहरुले उपलब्ध गराइरहेको बताए ।

१६ वर्षदेखि यही क्षेत्रमा सफ्टवेयर सोलुसन्स प्रदान गरेको उदाहरण दिदै उनले पछिल्लो समय केही समूह विदेशी सफ्टवेयर भित्र्याई नेपाली उत्पादनको अवमूल्यन गर्न लागिपरेको गुनासो गरे ।

सफ्टवेयरबारे थप जान्न  : https://www.infodev.com.np/info/solution