कीवर्डहरू -

यी सात युट्युब च्यानल, जहाँ हेर्न सकिन्छ ‘हरर’ मुभी

यी सात युट्युब च्यानल, जहाँ हेर्न सकिन्छ ‘हरर’ मुभी

डरलाग्दो फिल्म हेर्न मन लागेको बेला आफूले चाहेको जस्तो फिल्म भेट्टाउने समस्या हुन्छ । नेटफ्लिक्सको हरर सेक्सनबाट दिक्क लागिसकेको भए युट्युबमा डरलाग्दो कन्टेन्ट देखाउने केही च्यानल छन् ।

कति ओटा प्लेटर्फममा पैसा भुक्तानी पनि गर्नु पर्ने पनि हुन्छ । तर युट्युबका केही च्यानलले अनुमति पाएका अर्थात लाइसेन्स गरिएका कन्टेन्ट निःशुल्क हेर्न पाइन्छ । आज हामी युट्युबमा डरलाग्दो कन्टेन्ट देखाउने सात राम्रो च्यानलको बारेमा जानकारी दिदैछौँ ।

किंग्स अफ हरर

किंग्स अफ हरर डरलाग्दो फिल्म हेर्न रुची भएकाहरुका लागि एकदमै राम्रो प्लेटफर्मको रुपमा रहेको छ । यो च्यानलले फिल्म मेकर तथा हरर स्टोरीका दर्शकहरुका लागि एकदमै राम्रो कन्टेन्टहरु पेश गर्ने गर्दछ । यो युट्युब च्यानेलमा ट्रेलर तथा फुल लेन्थ फिल्महरु अपलोड गरिएको छ ।

यसमा धेरैजसो सेड्युल गरेको ईभेन्टहरु पनि हुने गर्दछ, जसले गर्दा अब आगामी दिनमा के आउँछ भनेर पनि प्रतिक्षा गर्न सकिन्छ । यसमा तपाईले मुभी प्रिमियर पनि आफ्ना साथी तथा परिवारसँग रमाइलो गर्न सक्नुहुन्छ ।

भर्चुअल रुपमा पनि स्क्रीन सेयर गरेर फिल्म हेर्न सकिन्छ । यो च्यानलसँग लाइसेन्स पनि रहेको छ, त्यसकारणले दर्शकले ढुक्कसाथ भिडियोहरु रमाइलो मानि हेर्न सक्नेछन् ।

पपकर्न फ्लिक्स

पपकर्न फिल्क्स युट्युबमा प्रख्यात फिल्म च्यानल हो । यसले स्ट्रिमिङ प्लेटफर्म तथा एप पनि प्रदान गर्ने गर्दछ । यो च्यानल डरलाग्दो फिल्मकै लागि मात्र भने होइन तर च्यानलमा केही समय ब्राउज गरेपछि राम्रो किसिमको कन्टेन्टहरु पाउन सकिन्छ । यो युट्युब च्यानलमा विभिन्न जनरामा टिभी शो तथा फुल लेन्थ फिल्महरु रहेको छ ।

नयाँ नयाँँ कन्टेन्ट उपलब्ध गराउनका लागि च्यानलले धेरैजसो भिडियो अपलोड पनि गरिरहेको हुन्छ । पपकर्न फ्लिक्सले लाइसेन्स कन्टेन्ट उपलब्ध गराउने गर्दछ, जसकारण यो नैतिक तरिकाले हेर्न सकिने एकदमै राम्रो युट्युब च्यानल हो ।

द हरर सेन्ट्रल च्यानल

अनलाइनमा डरलाग्दो फिल्म हेर्नका लागि द हरर सेन्ट्रल च्यानल एकदमै उपयुक्त च्यानल हो । यसले फुल लेन्थ फिल्महरु उपलब्ध गराईरहेको हुन्छ ।

नयाँ नयाँँ कन्टेन्ट उपलब्ध गराउनका लागि च्यानलले धेरैजसो भिडियो अपलोड गरिरहेको हुन्छ । यसमा रहेको प्लेलिस्ट सेक्सन एकदमै राम्रो रहेको छ ।

यसले गर्दा तपाईलाई धेरै कन्टेन्ट लगातार हेर्न मन छ भने प्लेलिस्ट सेक्सनबाट हेर्न सक्नुहुन्छ । उदाहरणका लागि सार्क अट्याक्स भनेर च्यानलमा छुट्टै प्लेलिस्ट रहेको छ ।

एकपटक प्ले थिचेपछि आनन्दका साथ बसेर तपाईले डरलाग्दो कन्टेन्टहरु हेर्न सक्नुहुन्छ । यो च्यानेलको कन्टेन्ट पनि लाइसेन्स गरिएको छ ।

वाच मुभिज नाऊ

वाच मुभिज नाऊमा हरर, थ्रिलर र साइन्स फिक्सन फिल्महरु रहेका छन् । यसमा आदि घण्टा देखि एक घण्टासम्मको कन्टेन्टहरु रहेको छ ।

यसमा विभिन्न जनरामा कन्टेन्टहरु रहेका छन् । यसमा भूत देखिएको फुटेज, भूतको आतंक र अरु डरलाग्दो फिल्महरु उपलब्ध रहेको छ ।

यसले निरन्तर रुपमा कन्टेन्टहरु अपलोड गरिरहेको हुन्छ । यसले गर्दा प्रयोगकर्ताहरुले हेर्ने कन्टेन्ट छिट्टै सकिदैन् । यसमा रहेको कन्टेन्ट सबै कानूनी रहेको छ ।

भि हरर

भि हररमा विभिन्न लम्बाईको कन्टेन्टहरु रहेका छन् । यसमा रहेको धेरैजसो फिल्म डेढ घण्टाको रहेको छ तर यसमा अरु छोटो कन्टेन्टहरु पनि रहेका छन् ।

यसले फिल्महरुको प्लेलिस्ट फोरकेमा उपलब्ध गराउने गर्दछ । यसमा कन्टेन्ट अंग्रेजीमा हेर्न पाइन्छ । यसमा रहेको सबै कन्टेन्ट लाइसेन्स गरिएको छ ।

फिल्म इज नाऊ हरर मूभिज

फिल्म इज नाऊ हरर मूभिजले विभिन्न स्टाईलमा हररको कन्टेन्ट हेर्न दिने गर्दछ । यसमा ब्लकबस्टरदेखि साधारण सबै किसिमको कन्टेन्ट उपलब्ध रहेको छ ।

यसमा लामोदेखि छोटो सबै किसिमको फिल्महरु उपलब्ध रहेको छ । त्यसकारण केही क्लिकमै राम्रो कन्टेन्ट हेर्न सकिन्छ ।

यसमा पनि विभिन्न खालकमो प्लेलिस्टहर उपलब्ध रहेको छ । तपाईको हरेक मुडका लागि विभिन्न प्लेलिस्टहरु बनाइएको छ ।

यसमा तपाईले एभिल टोई, एन्थ्रोलोजिज, क्लाउन्स, भ्याम्पायर र फाउण्ड फुटेज प्लेलिस्टहरु रहेका छन् । यस च्यानलले पनि निरन्तर रुपमा कन्टेन्ट अपलोड गरिरहेको हुन्छ, जसकारण तपाईले हेर्ने कन्टेन्टहरु पाइरहन सक्नु हुनेछ ।

मूभी सेन्ट्रल

मूभी सेन्ट्रलले हरर मात्रै नदेखाएर विभिन्न खालको फिल्मको जनराहरु उपलब्ध गराएको छ । तर यसमा डरलाग्दो मूभिका लागि छुट्टै प्लेलिस्ट रहेको छ ।

यसमा राम्रो राम्रो कन्टेन्टहरु रहेका कारणले हरर फिल्महरु हेर्न रुचाउनेका लागि यो राम्रो अप्सन हो । यसबाट हेर्नेले सडर र स्क्रीमबक्स जस्ता स्ट्रीमिङ अप्सनहरुमा भुक्तानी गर्नु पर्दैन् ।

यसमा ह्यालोविन प्लेलिस्ट पनि रहेको छ जसमा २०० बढि फिल्महरु रहेका छन् । यसमा प्रयोगकर्ताले भाइरस वा राक्षसको फिल्महरु पनि हेर्न सक्छन् ।