कीवर्डहरू -

रियलमी सी थर्टी एस नेपाली बजारमा, के के छन् सुविधा ?

रियलमी सी थर्टी एस नेपाली बजारमा, के के छन् सुविधा ?

स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो सी सिरिज अन्तर्गत नयाँ रियलमी सी३० एस सार्वजनिक गरेको छ । फोन इन्डस्ट्री लिडिङ्ग क्यापेसिटिव फिंगरप्रिन्टद्वारा फोन अनलक हुने प्रविधि प्रयोग गरिएको जिनाइएको छ ।

५ हजार एमएएच ब्याट्री क्षमता र एन्टी–स्लिप डिजाइन भएको सो फोनले प्रयोगकर्ताहरुलाई उत्कृष्ट एर्गोनोमिक्स प्रदान गर्ने कम्पनीको भनाइ छ ।

रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरीले सस्तो दाममा बेस्ट फिचर भएको स्मार्टफोन चाहनेहरुका लागि यो राम्रो विकल्प भएको बताए ।

६.५ इन्च फुल स्क्रिन एलसीडी डिस्प्ले रहेको छ । फोनमा युनिसोकको अक्टाकोर प्रोसेसर प्रयोग गरिएको छ ।

रियलमी सी ३० एसमा ८ मेगापिक्सेल एआई रियर क्यामेरा र ५ मेगापिक्सेल सेल्फी क्यामेरा राखिएको छ । यसमा ०.५८ सेकेण्डमै अनलक हुने फिंगरप्रिन्ट सेन्सर प्रयोग गरिएको छ ।

फोन स्ट्राइप ब्लू र स्ट्राइप ब्ल्याक गरि दुई रंगहरूमा उपलब्ध हुनेछ । २ जीबी र्‍याम र ३२ जीबी स्टोरेज भएको फोनको मूल्य १३,४९९ रूपैयाँ तोकिएको छ भने ४ जीबी र्‍याम र ६४ जीबी स्टोरेज भएको फोनको मूल्य १५ हजार ९९९ रूपैयाँ तोकिएको छ ।