कीवर्डहरू -

सूचना प्रविधिमा चासो राख्नेका लागि शनिबार टेक्किज मिटअप हुँदै, यसरी हुनुहोस् सहभागी

सूचना प्रविधिमा चासो राख्नेका लागि शनिबार टेक्किज मिटअप हुँदै, यसरी हुनुहोस् सहभागी

अफिभर्स टेक सर्भिसेजले टेक्किज मिटअप २०२२ आयोजना गर्ने भएको छ । सूचना प्रविधिको क्षेत्रमा रूची भएकाहरू टेक्किज मिटअपमा सहभागी हुन सक्ने छन् ।

मिटअप आउँदो शनिबार चाबहिलको कलेज अफ अप्लाईड बिजनेशमा दिउँसो १ बजेदेखि ५ बजेसम्म सञ्चालन हुनेछ ।

नेपालमा रहेको प्रविधिको ट्रेन्डबारे प्रविधिमा लागेको मान्छेहरुलाई जानकारी दिन मिटअप आयोजना गर्न लागेको अफिभर्स टेक सर्भिसेस प्रालिका सह-संस्थापक तथा सीईओ निर्माण खड्काले बताए ।

कार्यक्रमले प्रविधि क्षेत्रमा काम गरिरहेको व्यक्तिहरुलाई एकअर्कासँग जोडिन दिने र आफूलाई थाहा भएको जानकारी एकअर्कासँग साट्न दिने उनको विश्वास छ ।

मिटअपको अवसरमा अफिभर्स टेक सर्भिसेज प्रालिको औपचारिक सार्वजनिक पनि हुने जनाइएको छ । कार्यक्रममा प्रमुख अतिथीको रुपमा खल्तीका सहसंस्थापक उपस्थिति रहनेछ । मिटअपमा नेपालको आईटी उद्योगः विगत, भविष्य र अवसर विषयकमा प्यानल डिस्कसन सेनस हुनेछ ।

प्यानेलिस्टमा साइबर सुरक्षा अनुसन्धान केन्द्रका उपाध्यक्ष मिलन राज नेपाली, डाटा वैज्ञानिक तथा एन्जल लगानीकर्ता प्रज्ञान सुवेदी, तेराकोया एकेडेमियामा सफ्टवेयर इन्जिनियरिङका निर्देशक प्रभात आचार्य, काठमाडौं लिभिङ ल्याबकी टेक र इनोभेसन लीड इच्छा मोक्तान र रेडचिल्लीज ल्याब्स इन्कका सहसंस्थापक तथा सिईओ विवेक कोइराला रहेका छन् ।

यदी तपाई पनि सूचना प्रविधिमा चासो राख्नुहुन्छ भने शनिबार हुने टेक्किज मिटअपमा सहभागी हुन यहाँ क्लिक गरेर आफ्नो नाम दर्ता गर्नुहोस् ।

\"\"