कीवर्डहरू -

लगानी सम्मेलनमा माइक्रोसफ्ट र अमेजनका प्रतिनिधि आउदै 

लगानी सम्मेलनमा माइक्रोसफ्ट र अमेजनका प्रतिनिधि आउदै 

शुक्रबारदेखि काठमाडौंमा सुरू हुने लगानी सम्मेलनमा विश्व प्रसिद्ध आइटी कम्पनीहरू पनि सहभागी हुने भएका छन्।
विदेशी लगानीकर्तालाई आकर्षण गर्न सरकारले आयोजना गरेको उक्त सम्मेलनमा अमेरिकी कम्पनीहरू माइक्रोसफ्ट र अमेजनले पनि सहभागिता जनाउने लगानी बोर्डले जानकारी दिएको छ।

कम्प्युटर अपरेटिङ सिस्टमको बादशाह माइक्रोसफ्टका प्रतिनिधि उक्त सम्मेलनमा सहभागी हुनेछन्। त्यस्तै, अनलाई सपिङ जायन्ट अमेजनका प्रतिनिधिले पनि भाग लिने बोर्डका प्रमुख कार्यकारी महाप्रसाद अधिकारीले जानकारी दिए। सम्मेलनमा आइटीको बिशेष आयोजनाहरु सरकारले प्रस्तुत नगरेपनि छलफल शेसन भने रहेको छ ।  

विश्वभरका ४० देशबाट ६ सय बढी प्रतिनिधि आउने सम्मेलनमा थुप्रै प्रसिद्ध कम्पनीका उच्चपदस्थहरू सहभागी हुने अधिकारीले जानकारी दिए। चीनबाट सबभन्दा बढी प्रतिनिधि आउँदै छन्।