कीवर्डहरू -

विज्ञान तथा प्रविधि प्रवर्द्धन कार्यक्रम अन्तर्गत शोध गर्न विद्यार्थीलाई अनुदान दिदै सरकार

विज्ञान तथा प्रविधि प्रवर्द्धन कार्यक्रम अन्तर्गत शोध गर्न विद्यार्थीलाई अनुदान दिदै सरकार

राष्ट्रिय युवा परिषद्ले विज्ञान तथा प्रविधि प्रवर्द्धन कार्यक्रम शीर्षक अन्तर्गत २० जना अनुसन्धानकर्ता विद्यार्थीलाई ४० हजार रूपैयाँका दरले अनुसन्धान कार्यमा सहयोग अनुदान उपलब्ध गराउने भएको छ ।

आर्थिक वर्ष २०७९/८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार परिषद्ले युवाका लागि विज्ञान तथा प्रविधि प्रवर्द्धन कार्यक्रम शीर्षक अन्तर्गत उक्त सहयोग अनुदान उपलब्ध गराउने भएको हो ।

शोध अनुसन्धानका कृषि तथा पशु विज्ञान, जैविक प्रविधि, वनस्पति शास्त्र, भौतिक शास्त्र, जीव शास्त्र, गणित शास्त्र, तथ्याक शास्त्र, वातावरण शास्त्र, सूचना तथा प्रविधि, जल तथा मौसम विज्ञान शास्त्र, भूगर्भ शास्त्र, खाद्य प्रविधि चिकित्सा विज्ञान, वन विज्ञान, सूक्ष्म जीव विज्ञान, अन्तरिक्ष विज्ञान, ईन्जिनियरिङ (सिभिल मेकानिकल ईलेक्ट्रोनिक्स ईलेक्ट्रिकल कम्प्युटर आदी) र विज्ञान तथा प्रविधि क्षेत्रसँग सम्बन्धित अन्य विषयहरुमा गर्न सकिने छ ।

अनुदानका लागि ३० दिन भित्र युवा परिषदको वेवसाईट www.nyc.gov.np मा रहेको गुगल फर्म मार्फत निवेदन दिनुपर्नेछ वा यहाँ क्लिक गरेर पनि आवेदन दिन सकिने छ ।

अनुदान सहयोगका लागि विज्ञान तथा प्रविधि विषयमा स्नातकोत्तर दोस्रो वर्ष, तेस्रो र चौथो सेमेष्टर अध्ययनरत नियमित विद्यार्थीले मात्र आवेदन दिई प्रपोजल पेश गर्न पाउने छन् ।

त्यस्तै आवेदकले अनिवार्य रुपमा गुगल फर्म भर्नुपर्नेछ । सूचना वमोजिम प्राप्त आवेदनलाई सर्टलिष्ट गरी सर्टलिष्टमापरेका आवेदकलाई मात्र प्रपोजल

प्रस्तुतीकरण गर्न लगाईने छ भने सर्टलिष्टमा परेका आवेदक विद्यार्थीले अनिवार्य रुपमा प्लेगारिजमको सर्टिफिकेट पेश गर्नुपर्नेछ ।