कीवर्डहरू -

ह्वावे र वेबसर्फरबीच साझेदारी, छिट्टै वेबसर्फरका प्रयोगकर्ताले गुणस्तरीय इन्टरनेट सेवा पाउने

ह्वावे र वेबसर्फरबीच साझेदारी, छिट्टै वेबसर्फरका प्रयोगकर्ताले गुणस्तरीय इन्टरनेट सेवा पाउने

इन्टरनेट सेवा प्रदायक (आईएसपी) कम्पनी वेबसर्फर र आइसिटी पूर्वाधार प्रदायक ह्वावेबीच आईएसपीको डिजिटल रूपान्तरणको लागि सम्झौता भएको छ ।

यस सम्झौतासँगै यस वर्षदेखि ह्वावेले वेबसर्फरलाई एण्ड–टु–एण्ड नेटवर्क सोलुसनहरू र अप्टिकल, इन्टेलिजेन्ट प्रविधिहरू प्रदान गर्नेछ ।

यसले प्रयोगकर्ताहरूको नेटवर्क गुणस्तरमा उल्लेखनीय सुधार ल्याउने दुबै कम्पनीको विश्वास छ । ह्वावेले वेबसर्फरको नेटवर्क पूर्वाधार र आर्किटेक्चरको विकासमा सहयोग गर्नेछ ।

ह्वावेले वेबसर्फरलाई निरन्तर प्राविधिक सहयोग र विशेषज्ञ सहायता पनि प्रदान गर्नेछ । यसका साथै ह्वावेले वेबसर्फरका कर्मचारीहरूलाई आफ्नै क्षमता अभिवृद्धिका लागि प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गर्ने जनाइएको छ ।

दबै कम्पनीका फाइदाजनक यो एक दीर्घकालीन र रणनीतिक साझेदारी भएको ह्वावे नेपालका प्रमुख कार्यकारी अधिकृत विलियम चाङले बताए ।

“हामी वेबसर्फरको लागि एक फ्युचर–प्रुफ नेटवर्क सिर्जना गर्दैछौं,' उनले भने, 'ह्वावेको पछिल्ला उपकरण नेपालमा ल्याएर वेबसर्फरको इन्टरनेट प्रयोग सजिलो बनाउने छौं।'

वेबसर्फरका प्रबन्ध निर्देशक सुरेन क्षेत्रीले यो नयाँ साझेदारीबाट उत्साहित रहेको प्रतिक्रिया दिए  । उनले भने, 'बढ्दो प्रविधि र हाम्रा प्रयोगकर्ताहरूको आवश्यकताहरू बुझ्ने पार्टनरको खोजीमा ह्वावेसँग सहकार्य गरेका हौं । ह्वावेका इन्टेलिजेन्ट उत्पादन र सोलुसन नेपालमा ल्याउन पाउँदा उत्साहित छौं ।'

वेबसर्फरका ग्राहकहरूले छिट्टै ह्वावे इन्टरनेट उत्पादन, उच्च गतिको फाइबर इन्टरनेट, थप भरपर्दो र स्थिर नेटवर्क, सिमलेस वाइफाइ रोमिङ सुविधाहरू र समग्रमा कुनै पनि अवरोध वा डाउनटाइम बिना सहज प्रयोगकर्ता अनुभवको फाइदा लिन सक्ने उनले जानकारी दिए ।