कीवर्डहरू -

दूरशिक्षाको ग्राण्ड स्कलरसीप विक अफर, आईटीका कोर्षमा १० हजारसम्म छुट पाइने  

दूरशिक्षाको ग्राण्ड स्कलरसीप विक अफर, आईटीका कोर्षमा १० हजारसम्म छुट पाइने  

सूचना प्रविधि सम्बन्धि ट्रेनिङ प्रदान गर्दै आएको संस्था दूरशिक्षाले ‘ग्राण्ड स्कलरसीप विक’ अफर ल्याउने भएको छ । कात्तिक २५ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने उक्त अफरमा १० हजारसम्म छुट पाइने छ ।

अफर अन्तर्गत दूरशिक्षामा आईटीका कोर्ष पढ्न जाँदा विद्यार्थीले एउटा कुपन पाउने छन् । उक्त कुपन स्क्र्याच गर्दा विद्यार्थीले १० हजारसम्म छुट पाउने कम्पनीका प्रबन्ध निर्देशक कृष्ण प्रसाद पाण्डेले जानकारी दिए ।

दूरशिक्षा आईएसओ ९००१:२०१५ बाट प्रमाणित आईटी ट्रेनिङ कम्पनी हो । दूरशिक्षाले प्रोग्रामिङ, क्लाउड कम्प्युटिङ, सफ्टवेयर टेस्टिङ, मोबाइल एप डेभलपमेन्ट, वेब डेभलपमेन्ट, प्रडक्ट इन्जिनियरिङ लगायतका विषयमा ट्रेनिङ दिदै आएको छ ।