कीवर्डहरू -

ग्यापुको हजारमा बजार योजना, हजार रुपैयाँमा लुगादेखि इलेक्ट्रिक सामानसम्म किन्न पाइने

ग्यापुको हजारमा बजार योजना, हजार रुपैयाँमा लुगादेखि इलेक्ट्रिक सामानसम्म किन्न पाइने

नेपाली ई-कमर्स कम्पनी ग्यापु मार्केटले हजारमा बजार योजना ल्याएको छ । यस योजनाअन्तर्गत एक हजार रुपैयाँसम्म सबै किसिमका सामान किन्न सकिने छ ।

हजार रुपैयाँमा लुगादेखि इलेक्ट्रिक सामानसम्म किन्न पाइनेछ । यसमा विशेष गरेर जाडो मौसमका लागि न्यानो लुगाहरु धेरै राखिएको ग्यापु मार्केटप्लेसको डेपुटी सिइओ सुजनी केसीले जानकारी दिइन् ।

यो योजना कार्तिक २५ गतेदेखि सुरु भइ लामो समय सम्म चल्ने बताइएको छ । लकडाउनको समयमा सञ्चालनमा आएको ग्यापुले अहिले नेपालभरि नै घरायसी सामाग्री, किराना, सौन्दर्य, फेसन एवं स्वास्थ्यसम्बन्धी सामाग्री डेलिभर गर्दै आइरहेको छ ।

ग्यापुमा हजारभन्दा बढी भेन्डर र चार लाखबढी प्रोडक्ट उपलब्ध छन् । स्थापनाको छोटो समयमै वेबसाइट र मोबाइल एपमार्फत् ३ हजार पाँच सयभन्दा बढी भेन्डर्स र २ लाख १५ हजारभन्दा बढी ग्राहक दर्ता भई सेवा लिइरहेका छन् ।