कीवर्डहरू -

एआई जनशक्ति तयार गर्न फ्युजमेसिनले घोषणा गर्‍यो एआई फेलोशिप, कसरी दिने आवेदन ?

एआई जनशक्ति तयार गर्न फ्युजमेसिनले घोषणा गर्‍यो एआई फेलोशिप, कसरी दिने आवेदन ?

आर्टिफिसियल इन्टेलिजेन्स प्रतिभा, शिक्षा र सेवा प्रदान गर्दै आएको संस्था फ्युजमेसिनले बुधबार नेपालमा एआई फेलोशिप २०२३ को घोषणा गरेको छ ।

यो अनलाइनबाट हुने फेलोशिप कार्यक्रम विगत ३ वर्ष देखि फ्युजमेसिनको पहलमा नेपालमा विकास र विस्तार गरिएको हो ।

यस कार्यक्रमको मुख्य अभिप्राय क्षमता अभिवृद्धि हो । यस कार्यक्रमको मुख्य उद्देश्य नेपालमा एआई इन्जिनियरहरूको संख्यामा वृद्धि गर्नु हो र यस कार्यक्रममा जम्मा १०० जना गणित, ईन्जिनियरिङ र कम्प्युटर विज्ञान पृष्ठभूमि भएका विश्वबिद्यालय अध्यनरत विद्यार्थीहरू तथा स्नातक उतीर्णहरूलाई परिक्षा मार्फत आवद्ध गरिनेछ । चयन गरिएका परीक्षार्थीहरूलाई सम्पूर्ण पाठ्यक्रमहरूमा पूर्ण–छात्रवृत्ति प्रदान गरिनेछ ।

अमेरिकाका उच्च कोटीका विश्वविद्यालयमा रहेका एआई संकायका सदस्यहरू र एआई उद्योग विशेषज्ञहरुद्वारा निर्माण गरिएको र फ्युजमेसिनको स्वामित्वमा रहेको माइक्रोडिग्री र माइक्रोडिग्री स्पेशलाइजेशन कार्यक्रमलाई एआई फेलोशिप २०२३ मा समावेस गरिने छ ।

एक वर्ष लामो यस द्रुतगतिको कार्यक्रममा मेसिन लर्निङ, डिप लर्निङ्ग, न्याचुरल ल्यांग्वेज प्रोसेसिङ्ग र कम्प्युटर भिजनको पाठ्यक्रमहरू छन् ।

कार्यक्रमको अन्त्यसम्ममा, विद्यार्थीहरूले आर्टिफिसियल इन्टेलिजेन्स, मेसिन लर्निङ  र डीप लर्निङ एल्गोरिदमका साथै अन्तर्निहित गणित र कोडको ठोस बुझाइको विकास गर्नेछन् ।

हरेक बर्ष, हामी सबैका लागी विश्वसनीय, उच्च गुणस्तरको एआई तालिम प्रदान गरि एआईमा पहुँच बढाउने बाटो तर्फ ठुला कदम बढाउन जारी राखेको फ्युजमेसिनका प्रमुख कार्यकारी अधिकृत समीर मास्केले बताए ।

कार्यक्रमले सम्मानित शिक्षाविद् र उद्योग विशेषज्ञहरूद्वारा संचालित साप्ताहिक अनलाइन कक्षाहरू, प्रोग्रामिङ असाइनमेन्टहरू, समूह परियोजनाहरू र परीक्षाहरू समावेश गरी मिश्रित सिकाइ प्रणालीको प्रयोग गर्नेछ। साथै धेरै जसो सामग्रीहरू विद्यार्थीहरूले आफ्नो अनुकुल प्रयोग गर्नका लागि अनलाइन उपलब्ध हुनेछन् ।

फ्युजमेसिनले सन् २०१७ मा पहिलो पटक एआई फेलोशिप कार्यक्रमको सुरुवात गरेको थियो । फेलोशिप र यसको आवेदन÷छनोट प्रक्रिया र दर्ता विवरणहरूको बारेमा थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ।

आर्टिफिसियल इन्टेलीजेन्स ( एआई ) लगायत आफ्ना अन्य सेवाहरुको माध्यमबाट उद्यम ब्यबसाय क्षेत्रमा उपलब्धी भित्र्याउनमा नाम कमाएको संस्था फ्यूजमेशिनको स्थापना सन २०१३ मा भएको हो । थप विवरण र रजिष्ट्रेसनका लागि यहाँ क्लिक गर्नुहोस् ।