कीवर्डहरू -

दराज ११.११ मा हिमालयन बैंकको कार्डबाट भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट

दराज ११.११ मा हिमालयन बैंकको कार्डबाट भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट

हिमालयन बैंक र अनलाइन सपिङ्ग पोर्टल दराज केयमुबीच बैंकका ग्राहकहरुलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झैता भएको छ ।

उक्त सम्झौता पत्रमा बैंकका सहायक महाप्रबन्धक विजय मान नकर्मी र दराजको पेमेन्ट र पार्टनरसिप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका हुन् ।

यो योजना कर्तिक २५ गते तदनुसार नोभेम्बर ११ गतेका दिन लागु हुने बैंकले जनाएको छ । बैंकका ग्राहकहरुले दराजको ११.११ को अवधिमा अनलाइन सामान खरिद गर्दा आफ्नो डेबिट कार्ड मार्फत अग्रिम भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम रु. २५०० सम्मको छुट र क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम रु. ३००० सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरुले आफ्नो कार्ड ई—कमर्शको लागि सक्रिय गर्नु पर्नेछ । ग्राहकहरुले हिमालयन बैंकको मोबाइल बैंकिङ्गबाट आफैलेनै आफ्नो कार्डमा ई—कमर्श सक्रिय गर्ने सुविधा प्रदान गरेको छ ।

यी पूर्वभुक्तानी छुटहरु सिमित र छुटमा केहि शर्तहरु लागु हुने भएकोले दराजको ११.११ अभियान अन्तर्गत ग्राहकहरुले छुट प्राप्त गर्न यथाशिघ्र कार्डबाट पूर्बभुक्तानी गरि समानहरु खरिद गर्नु पर्ने जनाइएको छ ।