सानिमा बैंकले ग्राहकहरुका लागि दराजसँग ‘दराज ११.११’ मा विशेष छुट दिने सहकार्य भएको छ । योजना अवधिभर ग्राहकहले दराजबाट सामान खरिद गर्दा सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५% वा अधिकतम् रु २,५०० सम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २०% वा अधिकतम् रु ३,००० सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
यो योजनामा सिमित छुट मात्र उपलब्ध हुने भएकोले छुट प्रदान गर्दा पहिलोलाई प्राथमिकता दिइने बैंकले जनाएको छ । छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर सङ्कलन गर्नुपर्नेछ ।
यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले शून्य ब्याजदरमा मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सकिने जनाइएको छ । यो योजना कार्तिक २५ देखि मंसिर १ गतेसम्म ७ दिनका लागि लागू हुनेछ ।