विश्वकै उत्कृष्ट ब्राण्डद्वारा सम्मानित टीसीएल द क्रिएटिभ लाइफले नयाँ वर्ष २०७६ लाई लक्षित गरी मनै लोभ्याउने क्यास ब्याक तथा ‘लकरमा भयंकर अफर’ ल्याएको छ ।
अमेरिकाका साथ एसियातिर पनि प्रख्यात बन्दै गरेको टीसीएल ब्राण्ड नेपालमा पनि ग्राहकको उच्च रोजाइमा पर्न थालेको छ ।
यस वर्ष टीसीएल ब्राण्डले नयाँ वर्षलाई लक्षित गर्दै ग्राहकमाझ आफ्ना घरायसी सामाग्रीमा २५ प्रतिशतसम्मको क्यास ब्याक प्रदान गर्ने भएको छ । यस वर्ष थप पृथक उपहार योजना पनि ल्याएको छ ।
जसलाई लकरमा भयंकर नामले जनाएको छ । जस अन्तर्गत ग्राहकले केही कुरा पालना गर्नुपर्ने छ । ग्राहकले ४० इन्च भन्दामाथिको स्मार्ट टीभी किन्नुपर्ने, खरिद पश्चात् ग्राहकले एउटा स्क्र्याच कार्ड प्राप्त गर्ने, कार्डमा सिअर सर्ट गिफ्ट पाइने छ ।
योजना चैत्र १५गतेदेखि नेपालअधिराज्य भर सीमित अवधिका लागि प्रदान गरिने छ । नेपालको लागि टीसीएल ब्राण्डको आधिकारिक बिक्रेता चौधरी ग्रूप अन्तर्गत सीजी इलेक्ट्रोनिक्स रहेको छ ।