पिक्सेल फोनमा भएको बगले सिम कार्ड प्रयोग गरेर फोन अनलक गरिरहेको पत्ता लागेको छ । त्यस कारण गूगलले प्रयोगकर्ताहरुलाई आफ्नो फोन छिटो अपडेट गर्न आग्रह गरेको छ ।
यस बगले तपाईको फोनको केही सिस्टम आफै चलाउन पनि सक्छ । यस बगले गर्दा प्रयोगकर्ताले राखेको फिंगरप्रिन्ट, पिन केही पनि काम गर्ने नगरेको पाइएको थियो ।
यसमार्फत ह्याकर सिधैं होमस्क्रीनमा पुग्ने गरेको पाइएको थियो । गूगलले अहिले यो सुरक्षा समस्यालाई समाधान गरिसकेको छ । यो बग भेटाउने डेभिड स्कुट्जलाई गूगलले ७० हजार डलर पुरस्कार दिएको छ ।
अहिले अपडेटको रुपमा नोभेम्बर सुरक्षा प्याच उपलब्ध भएको छ । यो प्याच गूगल पिक्सेल फोर ए र अरु नयाँ फोनका लागि उपलब्ध भएको छ ।