कीवर्डहरू -

अझै पनि प्रयोगकर्ताको डेटा ट्रयाक गर्दै एप्पल

अझै पनि प्रयोगकर्ताको डेटा ट्रयाक गर्दै एप्पल

आईओएसमा प्राईभेसी फिचरहरु रहे पनि कयौँ एपले अझै पनि प्रयोगकर्ताको डेटा ट्रयाक गरिरहेको पाइएको छ । एप्पले केही समय अघि डेटा ट्रयाक गरेको थाहा पाउन एप ट्रयाकिङ्ग ट्रान्सप्यारेन्सी फिचर ल्याएको थियो ।

केही एप निर्माताहरुले आईओएसले प्राइभेसी फिचर ल्याए पनि प्रयोगकर्ताको डेटा ट्रयाक गर्ने नयाँ तरिका अपनाएका छन् ।

मिस्क सफ्टवेयर कम्पनीका दुई जना एप डेभलपरले गरेको एक अध्ययन अनुसार आईओएसको प्राइभेसी फिचरलाई छलेर प्रयोगकर्ताहरुको डेटा ट्रयाक गर्न थालिसेकेका छन् ।

ट्रयाक गरेको डेटामा डिभाइसको प्रकारको विवरण, स्क्रीन रिजोल्युसन, इन्स्टल गरिएको किबोर्ड, नेटवर्क कनेक्सन, अरु आईडी रहेका थिए । ती एपहरुले सर्भर साइड कोड प्रयोग गर्ने गरेको र एप ट्रयाकिङ बन्द रहे पनि डेटा ट्रयाक भईरहेको थियो ।

मिस्कले एप्पलले स्टक्स, बुक्स, एप्पल म्युजिक, एप्पल टिभी र आईट्युन्स स्टोर जस्तो एपहरबाट पनि डेटा संकलन गरिरहेको पाइएको छ । पटकपटक प्राईभसेीलाई ध्यान दिईरहेको भनेता पनि एप्पलले निरन्तर रुपमा डेटा संकलन गरिरहेकोनै पाइएको छ ।