कीवर्डहरू -

आइसिटी अवार्ड २०२२ को प्रिजेन्टेसन तथा स्पीड डेटिङ सेसन सम्पन्न

आइसिटी अवार्ड २०२२ को प्रिजेन्टेसन तथा स्पीड डेटिङ सेसन सम्पन्न

आईसिटी अवार्ड २०२२ को प्रेजेन्टेसन तथा स्पीड डेटिङ सेसन सम्पन्न भएको छ । शनिबार आइसिटी अवार्ड २०२२ का उत्कृष्ट १२ स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार इन्नोभेसनको प्रिजेन्टेसन तथा स्पीड डेटिङ सेसन सम्पन्न भएको हो ।

१३ जना जुरीको अगाडि उत्कृष्ट १२ स्टार्टअप, प्रडक्ट तथा राइजिङ स्टारका प्रतिस्पर्धीले प्रिजेन्टेसन तथा स्पीड डेटिङ सेसनमा भाग लिएका थिए ।

\"\"

उत्कृष्ट १२ स्टार्टअपमा एरिया टेक्नोलोजिज,बीआईसी टेक्नोलोजी, बिहे नेपाल, क्युरा हेल्थ, ड्यानसन सोलुसन, डिजिटल लर्निङ नेपाल, फ्रेस केटीएम एग्रो, कैंचो ग्रुप, मोनाल टेक, पिक एण्ड ड्रप,  रेड टेल फक्स र रिंगेज टेक पर्न सफल भएका थिए ।

\"\"

स्टार्टअप आइसिटी अवार्ड २०२२ मा ४५ वटा कम्पनीको अनलाइन नोमिनेशन प्राप्त भएको थियो । स्टार्टअप आइसिटी अवार्ड आइटी प्रडक्ट, सर्भिस तथा इन्नोभेसनको क्षेत्रमा काम गरिरहेका स्टार्टअप कम्पनीलाई प्रोत्साहन र प्रवर्द्धन गर्न प्रदान गरिन्छ । यस विधामा विगत ३ वर्षको अवधिमा दर्ता भएका कम्पनीहरूले आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो ।

\"\"

त्यस्तै यस वर्षको आइसिटी अवार्डका उत्कृष्ट १२ प्रडक्टमा बीडीएमएस प्रो, बिहे नेपाल, डिसिजन मेन्टर, डायनो सीआरएम, फिन पीओएस, गल्ली म्याप्स, क्रेडिट एक्स माइक्रो, रिंगेज, स्कुल वर्क्स पो, स्मार्ट अफिस, टिग र भैरव ट्रिडेन्ट पर्न सफल भएका थिए ।

\"\"

प्रडक्ट आइसिटी अवार्डमा कुनै पनि नेपाली कम्पनी, संस्था, समुह वा व्यक्तिले गत एक वर्षकोबीचमा विकास गरेको आइटी प्रडक्टले आवेदन दिन सक्ने व्यवस्था रहेको छ । आइसिटी अवार्डको प्रडक्ट विधामा ३६ वटा सूचना प्रविधि प्रडक्टहरूले आवेदन दिएका थिए ।

\"\"

यसैगरि राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड उच्च शिक्षा तथा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूको लागि लक्षित अवार्ड हो ।

यस विधामा विद्यार्थीहरूले बनाएका आइटी प्रोजेक्ट तथा आईडियालाई नोमिनेशनको लागि समावेश गरिएको थियो । यस वर्षको आइसिटी अवार्डका उत्कृष्ट १२ विद्यार्थीका आईडिया आस्क म्याटरब, कमर्सियलाइजेसन अफ अटोनोमस इगलआई अनम्याण्ड एरियल भेइकल (यूएभी), कारोबार , मेजर मी, मेरो स्वास्थ्य, नयन, नेप्टु, पाइथन भ्वाइस असिस्टेन्ट, साराङ्ग, सोल–बिन, स्पष्ट नेपाली, टी स्क्यान राइजिङ स्टुडेन्ट परेका थिए ।

\"\"

\"\"

सूचना प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा परिचित सातौँ संस्करणको आइसिटी अवार्ड २०२२ मा १२ विधाको लागि अनलाइन आवेदन खुला गरिएको थियो ।

यस वर्ष विभिन्न १२ विधामा ५०० बढिको नोमिनेसन प्राप्त भएको छ । आइसिटी अवार्ड २०२२ को ग्राण्ड फिनाले २०७९ पुस ८ गते द सोल्टी काठमाण्डौमा आयोजना हुनेछ ।

\"\"