कीवर्डहरू -

‘मिरा ईआरपी’ सफ्टवेयर सार्वजनिक, अब एक ठाउँबाटै सहकारीको सबै कारोबार गर्न सकिने 

‘मिरा ईआरपी’ सफ्टवेयर सार्वजनिक, अब एक ठाउँबाटै सहकारीको सबै कारोबार गर्न सकिने 

नियोसिस टेक्नोलोजीले सहकारीलाई प्रविधिमैत्री बनाउने सफ्टवेयर ‘मिरा ईआरपी’ सार्वजनिक गरेको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) र रारा डिजिटल ल्याब्सको सहकार्यमा नियोसिस टेक्नोलोजीले उक्त सफ्टवेयर तयार पारेको हो ।

शनिबार नेफ्स्कूनकी उपाध्यक्ष तथा मिरा ईआरपी निर्माण निर्देशक समितिकी अध्यक्ष शान्ति अधिकारीको उध्यक्षतामा नयाँ बानेश्वरको अल्फा बिटा कम्प्लेक्समा आयोजना भएको एक कार्यक्रममा राष्ट्रिय सहकारी महासंघ अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि मिनराज कँडेलले मिरा सफ्टवेयरको उद्घाटन गरेका थिए ।

पछिल्लो समय हरेक क्षेत्रमा सूचना प्रविधिको प्रयोग बढ्दै गइरहेको छ । वर्तमान परिवेशमा सहकारीहरूले पनि छिटो, छरितो र पारदर्शी सेवा दिन प्रविधिको प्रयोग गर्नु अपरिहार्य बनिसकेको छ ।

यसैलाई मध्यनजर गर्दै विशेष गरी सहकारीलाई प्रविधिमैंत्री बनाउन नियोसिस टेक्नोलोजीले क्लाउडमा आधारित सरल, सुरक्षित र साझा डिजिटल प्लेटफर्म निर्माण गरेको हो । मिरामार्फत एकै ठाउँबाट सहकारीको सबै कारोबार गर्न सकिने छ ।

\"\"

सहकारी क्षेत्रमा प्रयोग हुने प्रविधिमा एकरूपता ल्याउन क्लाउडमा आधारित सफ्वेयर तयार पारेको नियोसिस टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. भोजराज घिमिरेले बताए ।

७ महिनामा तयार भएको यस सफ्टवेयरबाट सहकारीलाई केही मिनेटमै डिजिटल प्रविधिमा रूपान्तरण गर्न सकिने छ । सहकारीबाट डेटा पाएको ३० मिनेटमै त्यसलाई माइग्रेट गरेर मिरा सफ्टवेयर प्रयोग गर्न सकिने घिमिरेको भनाइ छ ।

सफ्टवेयर थप सुरक्षित र विश्वासिलो बनाउन कम्पनीले आईएसओबाट प्रमाणित हुने प्रक्रिया अगाडि बढाएको छ । पहिलो चरणको प्रक्रिया सुरू भएको र छिट्टै आईएसओबाट पनि प्रमाणित हुने कम्पनीले जनाएको छ ।

मिरा ईआरपी उच्चस्तरीय पूर्वाधार तयार गरी सफ्टवेयरलाई सुरक्षित बनाएको रारा डिजिटल ल्याब्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज घिमिरेले जानकारी दिए ।

सहकारीका डेटाहरू आईएसओबाट प्रमाणित डाटा सेन्टरमा राखिएको छ भने त्यसको ब्याकअप पनि गरिएको छ । कम्पनीका अनुसार सफ्वेयरमा अपलोड भएका डाटा ३ वटा सर्भरमा लगरे राखिएको एउटा सर्भर फेल भए अर्को सर्भरबाट सेवा सुचारू गर्न सकिने गरी प्रविधि तयार गरिएको छ ।

मिरा ईआरपीको सबैभन्दा सजिलो सुविधा भनेको यो नेपाली र अंग्रेजी दुबै भाषामा चलाउन सकिने छ । सफ्वेयर एज ए सर्भिस मोडलमा निर्माण भएको मिरा ईआरपीमा हाल सदस्य तथा शेयर व्यवस्थापन प्रणाली, बैंकिङ व्यवस्थापन प्रणाली, लेखा व्यवस्थापन प्रणाली, मौज्दात व्यवस्थापन प्रणाली, मोबाइल बैंकिङ र ई-बैंकिङको सुविधा उपलब्ध रहेको छ ।

निकट भविष्यमै क्वालिटी असुरेन्स, सपुरभिजन एण्ड मोनिटरिङ, बिजनेस इन्टेलिजेन्स एण्ड रिपोर्टिङ, एचआर ट्रेनिङ एण्ड क्यापासिटी म्यानेजमेन्ट, बिजनेस प्रोसेस म्यानेजमेन्ट, कम्प्लायन्स म्यानेजमेन्ट, डकुमेन्ट म्यानेजमेन्ट, फिक्स्ड एसेट म्यानेजमेन्ट सुविधा पनि उपलब्ध हुनेछन् ।

\"\"

निरन्तर इन्नोभेसन गर्दै सहकारीलाई आवश्यक पर्ने सबै प्रकारका सुविधाहरू उपलब्ध गराएर मिरालाई सुरक्षित, भरपर्दो र विश्वस्तरीय सफ्टवेयर बनाउने रारा ल्याब्सका मनोज घिमिरेले प्रतिबद्धता व्यक्त गरे ।

हाल सफ्टवेयरबाट एक सेकेण्डमा हजार कारोबार गर्न सकिने र यसलाई आवश्यकता अनुसार बढाउँदै लैजाने नियोसिसको भनाइ छ । गूगल प्ले स्टोर र एप स्टोरबाट मिरा एप डाउनलोड गरी मोबाइल बैंकिङको सेवा लिन सकिने छ ।

मिरा ईआरपी सफ्टवेयरको न्युनतम वार्षिको शुल्क १६ हजार रूपैयाँ तोकिएको छ । त्यसपछि आफुलाई आवश्यक पर्ने सुविधा (मोड्युल) का आधारमा थप शुल्क लाग्ने छ ।

२६ वटा सहकारीका तथ्यांक माइग्रेट गरी सेवा सुरू गरेको र आगामी दिनमा यसलाई थप विस्तार गर्दै लगिने नियोसिसले जानकारी दिएको छ ।

मिरा ईआरपी प्रयोगकर्तालाई कम्पनीले २४ सै घण्टा प्राविधिक सहयोग उपलब्ध गराउने छ । मिरा ईआरपी बारे थप बुझ्न र डेमोका लागि सम्पर्क गर्न यहाँ क्लिक गर्न सक्नुहुनेछ ।