कीवर्डहरू -

हिताची माइक्रोवेभ ओभनका नयाँ उत्पादन नेपालमा

हिताची माइक्रोवेभ ओभनका नयाँ उत्पादन नेपालमा

युनिभर्सल इलेक्ट्रोकमले नेपाली बजारमा हिताची माइक्रोवेभ ओभनका नयाँ उत्पादनहरु सार्वजनिक गरेको छ ।

चार भेरियन्टका साथ उपलब्ध माइक्रोवेभ ओभनका नयाँ श्रृङ्खलाहरुमा– २३ लि. डिजिटल ग्रिल माइक्रोवेभ ओभन, २० लि. डिजिटल ग्रिल माइक्रोवेभ ओभन, २० लि. मेकानिकल माइक्रोवेभ ओभन र डिसेम्बर २०२२ सम्ममा चौथो भेरियन्ट ३२ लि. कन्भेक्सन माइक्रोवेभ ओभन रहेका छन् ।

हिताचीको उच्च श्रेणीको माइक्रोवेभ ओभनहरूले उपभोक्ताहरूलाई स्वस्थ जीवनको फाइदाहरू र सहजै फ्याट, नुन र क्यालोरी घटाउने नवोत्पाद सुविधा प्रदान गर्ने कम्पनीको दावी छ ।

हिताचीले यी माइक्रो ओभनमा १ वर्षको पूर्ण वारेन्टी र म्याग्नेट्रोनमा ५ वर्षको वारेन्टी प्रदान गर्ने कम्पनीले जनाएको छ ।

हिताचीका यी मौलिक माइक्रोवेभ ओभनले उपभोक्ताहरूलाई समय बचत गर्न र उनीहरूको जीवनलाई सजिलो बनाउँदै बिजुलीको खपत घटाउन मद्दत गर्ने कम्पनीका  कार्यकारी निर्देशक सञ्जय अग्रवालले बताए ।

हिताचीको २३ HMR-DG2312 ब्ल्याक २३ लिको मूल्य २४ हजार ९९९ रूपैयाँ, HMR-DG2012 ब्ल्याक २० लि. १९ हजार ९९९ रूपैयाँ र HMR-M2002 ब्ल्याक २० लि. १५ हजार ९९९ रूपैयाँ तोकिएको छ ।