कीवर्डहरू -

विश्वका १५० बढी प्रतिस्पर्धीलाई पछि पार्दै टेक एजुकेसन नेपाल उत्कृष्ट १० युवा आईडिया भित्र पर्न सफल

विश्वका १५० बढी प्रतिस्पर्धीलाई पछि पार्दै टेक एजुकेसन नेपाल उत्कृष्ट १० युवा आईडिया भित्र पर्न सफल

वातावरणीय जागरूकता, अनुसन्धान र उद्यमशीलता साक्षरतामा काम गरिरहेको गैरनाफामूलक संस्था टेक एजुकेसन नेपाल ‘सिटिजन आन्टरप्रेनरसीप कम्पिटिसन २०२२’ मा उत्कृष्ट १० आईडिया भित्र पर्न सफल भएको छ ।

विश्वभरका १५० भन्दा बढी प्रतिस्पर्धीहरूलाई पछि पार्दै टेक एजुकेसन नेपाल उक्त प्रतियोगिताको युवा विधा अन्तर्गत  उत्कृष्ट १० आईडियामा पर्न सफल भएको हो ।

भोटिङ, इम्प्याक्ट र निर्णायकको निर्णयका आधारमा टेक एजुकेसन नेपाल उत्कृष्ट १० भित्र परेको टेक एजुकेसन नेपालका सह-संस्थापक प्रशान्त न्यौपानेले बताए ।

संस्थाले आफुले गरेको कामहरू जानकारी गराएपछि १२ सयभन्दा बढी भोट पाएको थियो । प्रतियोगितमा ५ हजार बढी सहभागी भएका थिए ।

स्टिफ्टङ आन्टरप्रेनरसीप, गोई पिस फाउन्डेसन र डिजिटल एक्सपर्ट्स युनाइटेडको सहकार्यमा आयोजना भएको कार्यक्रममा २ महिनापछि उत्कृष्ट ३ घोषणा गरिने छ । उत्कृष्ट ३ मा पर्नेले फन्डिङ, मेन्टरसीप, कम्युनिटी लगायतको सुविधा पाउने छन् ।