काठमाडौं। चिनियाँ कम्पनि साओमीले १७ मिनेटमा स्मार्टफोन फुल चार्ज गर्न सक्ने नयाँ प्रविधि ल्याएको छ। शाओमीले १०० वाट सुपर चार्ज टर्बो फास्ट चार्जिङ्ग प्रविधिको घोषणा गरेको हो।
साओमीले ल्याएको नयाँ प्रविधि चार्जरबाट ४ हजार मिलिएम्पियर आवर व्याट्रीको स्मार्टफोन पूरा चार्ज गर्न सकिने छ। यो ओप्पोको सुपर भोक चार्जिङ्ग प्रविधि भन्दा दोब्बर फास्ट रहेको छ।
यो नयाँ प्रविधिलाई रेडमी फोनमै पहिलोपटक प्रयोग गरिनेछ। यो प्रविधिको बारेमा धेरै नखुलाएको र बजारमा कहिले आउने भन्ने कुरा पनि खुलाइएको छैन।
साओमीका अध्यक्ष लिन बिनले चिनियाँ सोसल साइट Weibo मा शेयर गरेको भिडियोमा १०० वाट सुपर चार्ज टर्बो फास्ट चार्जिङ्ग टेक्नोलोजीबाट ४००० मिलिएम्पियर आवर व्याट्रीवाला फोनमा ७ मिनेटमा ५० प्रतिशत चार्ज र बाँकि १० मिनेटमा ५० देखि १०० प्रतिशत चार्ज भएको भिडियोमा देखीन्छ।