कीवर्डहरू -

विश्वकपलाई लक्षित गर्दै लक्ष्मी बैंकको नयाँ योजना, बचतकर्तालाई आजीवन निःशुल्क ग्रीन बैंकिङ्ग प्याकेज

विश्वकपलाई लक्षित गर्दै लक्ष्मी बैंकको नयाँ योजना, बचतकर्तालाई आजीवन निःशुल्क ग्रीन बैंकिङ्ग प्याकेज

फिफा विश्वकपको अवसरमा लक्ष्मी बैंकले एक अफर ल्याएको छ । बैंकले बचतको महत्वलाई उजागर गर्न ‘सेभ लाइक अ च्याम्पियन (बचत गरों, च्याम्पियन बनौं)’ योजना ल्याएको हो ।

यस अभियानले वर्तमानका र भविष्यका दुवै पुस्ताहरुको भविष्य उज्ज्वल बनाउन ‘बचत’ को शक्ति र भावनालाई प्रवद्र्धन एवं प्रोत्साहन गर्ने लक्ष्य बैंकले लिएको छ ।

अभियान  नोभेम्बर २० देखि डिसेम्बर ३१ सम्म संचालन हुनेछ । यस अवधिमा बचत गर्ने निश्चित बचतकर्ताहरुलाई पूर्व स्वीकृत क्रेडिट कार्ड, आजीवन निःशुल्क ग्रीन बैंकिङ्ग प्याकेज (बैंकको मोबाइल बैंकिङ्ग र इन्टरनेट बैंकिंङ्ग, डिम्याट खाता, मेरो शेयर, भाइबर बैंकिङ्ग, इमेल समाधानहरु) र खुत्रुक्के लगायतका आकर्षक उपहारहरु प्रदान गरिने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

गोलरक्षकद्वारा फुटबल खेल जित्नलाई गरिने बचाऊ र लगनशीलतापूर्वक व्यक्तिगत तवरमा आफ्नै आर्थिक उपार्जनका लागि गरिने बचतबीच समानता देखाउने उद्देश्यका साथ नयाँ योजना डिजाइन गरिएको बैंकको भनाइ छ ।